भोटेकोशी बाढीमा मृत्यु भएकाप्रति फुरुम्बो पालुङवा वंश प्रतिष्ठानद्धारा सामूहिक प्रार्थना

रेडियो ताप्लेजुङ
भाद्र २९ गते ।रसुवाको भोटेकोशीमा आएको बाढीमा परी मृत्यु भएका व्यक्तिप्रति ताप्लेजुङमा फुरुम्बो पालुङवा वंश प्रतिष्ठानले सामूहिक प्रार्थनासहित दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरेको छ।
ताप्लेजुङ सदरमुकाम फुङ्लिङको तोक्मेडाँडामा सोमबार भेला भएर प्रतिष्ठानका पदाधिकारी तथा सदस्यले मृतकको सम्झनामा सामूहिक प्रार्थना गरेका हुन्।
मृतकको आत्माले परमेश्वरको काखमा बास पाओस्, शान्ति पाओस्, दुःख नपाओस्, पुनः मानवको चोला लिएर जन्म लिऊन् र स्वर्गमा पनि अजम्बरी रहून् भन्ने कामनासहित दीप प्रज्वलन गरिएको फुरुम्बो पालुङवा वंश प्रतिष्ठानका इन्द्रहाङ पालुङवाले जानकारी दिनुभयो।
कार्यक्रममा वंश प्रतिष्ठानका पदाधिकारीसहित विभिन्न व्यक्तिको उपस्थिति रहेको थियो।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ३ सय ५१ जनाको शव फेला परेको बताइएको छ। जसमध्ये रसुवामा १ सय ६९, नुवाकोटमा १ सय ९६, धादिङमा ६९, चितवनमा ३ सय ६२, गोरखामा ७४, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय २२ र नवलपरासी पश्चिममा २ सय २१ जनाको शव फेला परेको जनाइएको छ।

भोटेकोशी बाढीपीडितका लागि फक्ताङ्लुङ गाउँपालिकाले २६ लाखभन्दा बढी कोषमा जम्मा गर्ने
रेडियो ताप्लेजुङ ताप्लेजुङ, भदौ २९ गते ।भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले

प्याबसन ताप्लेजुङका संस्थापक अध्यक्ष पालुङ्वाको निधनमा कञ्चनजङ्घा बोर्डिङमा तीन दिन, प्याबसन मातहतका विद्यालयमा एक दिन शोक बिदा
रेडियो ताप्लेजुङ ताप्लेजुङ, भदौ २९ गते । ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित कञ्चनजङ्घा बोर्डिङ स्कुलका प्रधानाध्यापक तथा संस्थापक काजीमान
..jpeg)
पाथीभरा याङवरकद्वारा एमबिबिएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्तिका लागि आह्वान
रेडियो ताप्लेजुङ भाद्र २८ गते । पाथीभरा याङवरक गाउँपालिका ताप्लेजुङले पालिकाभित्रका सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरी हाल एमबिबिएस








प्रतिकृया दिनुहोस