फुङ्लिङ नगरपालिकाले यस वर्ष पनि हरितालिका तीज विविध कार्यक्रम गरी मनाउँदै

रेडियो ताप्लेजुङ
ताप्लेजुङ, भाद्र २९ गते ।फुङ्लिङ नगरपालिकाले यस वर्ष पनि विविध कार्यक्रम गरी हरितालिका तीज मनाउने भएको छ।
यस वर्ष पतञ्जली योग समिति ताप्लेजुङद्वारा विश्व शान्तिका लागि तीजसम्बन्धी सामूहिक पूजा, विभिन्न समूहमा आबद्ध महिलाहरूको तीज विशेष गीतमा सामूहिक (अप्रतियोगी) नृत्य, वैदिक सनातन धर्म समाज ताप्लेजुङद्वारा तीज पर्वको इतिहास र महत्त्वबारे कार्यपत्र प्रस्तुतिलगायतका कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ।
यस्तै, बुहारी सम्मान कार्यक्रमसमेत आयोजना गरिने भएको छ। सम्मान कार्यक्रमअन्तर्गत यस वर्ष बाँकी रहेका तीनवटा वडाका असल बुहारीलाई सम्मान गरिनेछ। वडा नम्बर ४, ६ र ७ का असल बुहारीलाई सम्मान गरिने बताइएको छ। सम्मानका लागि सम्बन्धित वडाले सिफारिस गरेका बुहारीलाई मात्र छनोट गरिने आयोजकले जनाएको छ।
हरितालिका तीजको विषयमा गजल, मुक्तकलगायतका साहित्यिक प्रस्तुतिसमेत रहनेछन्।
विगतका वर्षहरूमा फुङ्लिङ नगरपालिका–५ स्थित वीरेन्द्रचोकमा हुँदै आएको कार्यक्रम यस वर्ष भने स्वर्गीय लप्टन हर्कजङ्ग मादेनटार खुला मञ्चमा आयोजना गरिने भएको छ।
भाद्र २९ गते बिहान ९ बजेदेखि कार्यक्रम सुरु हुने आयोजकले जनाएको छ।

भोटेकोशी बाढीपीडितका लागि फक्ताङ्लुङ गाउँपालिकाले २६ लाखभन्दा बढी कोषमा जम्मा गर्ने
रेडियो ताप्लेजुङ ताप्लेजुङ, भदौ २९ गते ।भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले

प्याबसन ताप्लेजुङका संस्थापक अध्यक्ष पालुङ्वाको निधनमा कञ्चनजङ्घा बोर्डिङमा तीन दिन, प्याबसन मातहतका विद्यालयमा एक दिन शोक बिदा
रेडियो ताप्लेजुङ ताप्लेजुङ, भदौ २९ गते । ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित कञ्चनजङ्घा बोर्डिङ स्कुलका प्रधानाध्यापक तथा संस्थापक काजीमान
..jpeg)
पाथीभरा याङवरकद्वारा एमबिबिएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्तिका लागि आह्वान
रेडियो ताप्लेजुङ भाद्र २८ गते । पाथीभरा याङवरक गाउँपालिका ताप्लेजुङले पालिकाभित्रका सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरी हाल एमबिबिएस








प्रतिकृया दिनुहोस