ताजा खबर

सिलिगुढीका दर्शनार्थीद्वारा पाथीभरा पदमार्गका लागि ८० थान सेन्सर सोलार बत्ती सौजन्य

SITENAME

किरण गदाइली

ताप्लेजुङ, भदौ २० गते । प्रसिद्ध शक्तिपीठ पाथीभराको पदमार्गमा भारतको सिलिगुडी निवासी दुई जना भक्तजनले ८० थान सेन्सर सोलार बत्ती सौजन्य गरेका छन्। सिलिगुडीमा सोलार कम्पनी सञ्चालन गरिरहेका सरोज लामा र नवलकिशोर मिश्रले संयुक्त रूपमा उक्त बत्ती सौजन्य गर्नुभएको हो।

रातको समयमा भक्तजनलाई मन्दिर पुग्न सहज होस् भनेर माथिल्लो फेदीस्थित प्रवेशद्वारदेखि मन्दिरसम्म विभिन्न स्थानमा सोलार बत्ती जडान गरिएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिनुभयो। उहाँका अनुसार साँझ स्वचालित रूपमा बल्ने सोलार बत्ती बिहान भएपछि आफैँ निभ्ने गर्दछ।

 

शरद् ऋतु सुरु भएसँगै पाथीभरा आउने भक्तजनको सङ्ख्यामा वृद्धि हुन थालेको महतले बताउनुभयो। भक्तजनको सङ्ख्या बढेसँगै कतिपय भक्तजन मध्यरातमा समेत माथिल्लो फेदीबाट पैदल हिँडेर मन्दिर जाने गरेका छन्। बत्ती जडान भएपछि राति अबेर तीर्थयात्रामा हिँड्ने भक्तजनलाई सहज हुने उहाँको अपेक्षा छ।

 

महतका अनुसार सोलार बत्ती सौजन्यकर्ता लामा र मिश्र हिउँद याममा पाथीभरा दर्शनका लागि आएका थिए। त्यस क्रममा पाथीभरा पदमार्गमा बत्तीको अभावका कारण भक्तजनले भोग्नुपरेका समस्याबारे जानकारी गराएपछि उनीहरूले बत्ती सौजन्य गर्ने प्रतिबद्धता जनाएका थिए। सोही प्रतिबद्धताअनुसार बिहीबार बत्ती सौजन्य गरी जडान गरिएको हो।

 

महतले भन्नुभयो, “उहाँहरू हिउँदमा पाथीभरा दर्शनका लागि आउनुभएको थियो। मैले बत्तीको अभावले भएका अप्ठ्यारा सुनाएको थिएँ। उहाँहरूले हाम्रो सोलार कम्पनी छ, हामी बत्ती जडान गर्नेछौँ भनेर जानुभएको थियो। त्यहीअनुसार बत्ती जडान गरिदिनुभयो। यसले धेरै सहजता हुने अपेक्षा हाम्रो छ।”

 

समुद्र सतहदेखि ३ हजार ७९४ मिटरको उचाइमा रहेको प्रसिद्ध शक्तिपीठ पाथीभरामा नेपाल र भारतबाट मात्रै नभई तेस्रो मुलुकबाट समेत भक्तजन आउने गरेका छन्। विशेषगरी दसैँको नवरात्रको समयमा पाथीभरा दर्शन गर्ने भक्तजनको सङ्ख्या उच्च हुने गरेको छ।

 

 

 

सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

 

                                                            ©  रेडियो ताप्लेजुङ 

प्रतिकृया दिनुहोस
SITENAME

भोटेकोशी बाढीपीडितका लागि फक्ताङ्लुङ गाउँपालिकाले २६ लाखभन्दा बढी कोषमा जम्मा गर्ने

रेडियो ताप्लेजुङ ताप्लेजुङ, भदौ २९ गते ।भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले

SITENAME

प्याबसन ताप्लेजुङका संस्थापक अध्यक्ष पालुङ्वाको निधनमा कञ्चनजङ्घा बोर्डिङमा तीन दिन, प्याबसन मातहतका विद्यालयमा एक दिन शोक बिदा

रेडियो ताप्लेजुङ ताप्लेजुङ, भदौ २९ गते । ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित कञ्चनजङ्घा बोर्डिङ स्कुलका प्रधानाध्यापक तथा संस्थापक काजीमान

SITENAME

पाथीभरा याङवरकद्वारा एमबिबिएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्तिका लागि आह्वान

रेडियो ताप्लेजुङ भाद्र २८ गते । पाथीभरा याङवरक गाउँपालिका ताप्लेजुङले पालिकाभित्रका सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरी हाल एमबिबिएस