ताजा खबर

सलहेश लगातार दुई संस्करण ताप्लेजुङ गोल्डकप च्याम्पियन

SITENAME

किरण गदाइली

भाद्र १९ गते । 'चौथो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप ' को उपाधि सलहेश युथ क्लब सिराहाले जितेको छ।शुक्रबार ताप्लेजुङ सदरमुकाम स्थित भानु जन माविको खेलमैदानमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा फिदिम स्पोर्टिङ क्लब पाँचथरलाई १-० गोल अन्तरले पराजित गर्दै सिराहा लगातार दोस्रो पटक उपाधि जित्न सफल भएको हो।

झरीले प्रभावित खेलमा दुवै टिमले गोलका लागि अथक प्रयास गरेपनि पहिलो हाफ गोल रहित बराबरीमा सकियो। ७० औँ मिनेटमा सिराहाका फागुराम थारुले गोल गर्दैफिदिमको उपाधि जित्ने सपना चक्नाचुर बनाउँदै टिमलाई लगातार दोस्रोपटक च्याम्पियन बनाइदिए । लगातार तीन संस्करण सहभागी बनेको सलहेशलाई दुई संस्करण सुखद बन्यो । दोस्रो संस्करणमा द्वितीय बनेको सलदेशले त्यसपछाडि तेस्रो र चौथो संस्करणमा भने उपाधि आफ्नै नाममा राख्न सफल भयो।

विजेता बनेको सलहेश सिराहाले नगद रु ७ लाख २०८३ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता फिदिमले तीन लाख २०८३ मा चित्त बुझाउनु परेको छ। ऐतिहासिक लाखे जात्रा पर्वको अवसरमा सञ्चालित प्रतियोगिता गत भाद्र १२ गते जनै पूर्णिमाका दिन सुरु भएर आज श्रीकृष्ण जन्माष्टमीका दिन समापन भएको हो । 

प्रतिकृया दिनुहोस
SITENAME

खेवाङ खेलकुद महोत्सव कार्तिक १६ गतेदेखि २१ गतेसम्म

किरण गदाइली ताप्लेजुङ, भदौ २९ गते ।सिरिजङ्घा गाउँपालिका–७ खेवाङमा आगामी कार्तिक १६ गतेदेखि २१ गतेसम्म ‘खेवाङ खेलकुद महोत्सव २०८३’ सञ्चालन हुने

SITENAME

वीरेन्द्र युवा क्लबले जित्यो प्रथम खुला महिला फुट्सल प्रतियोगिताको उपाधि

रेडियोताप्लेजुङ भदौ २७ गते । ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित कुलकर्ण फुट्सल, मादेन डाँडामा सम्पन्न ‘प्रथम कुलकर्ण खुला महिला फुट्सल

SITENAME

तिम्बुङ पोखरी ट्रेलरन : सुदूरपश्चिमदेखि भारतसम्मका धावकको सहभागिता

रेडियो ताप्लेजुङ भाद्र २४ गते । भाद्र २५ गते विहीबारका दिन हुने ‘अन्तराष्ट्रिय तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता २०८३’ मा सहभागी हुने धावकहरू