ताजा खबर

जिल्ला अस्पताल ताप्लेजुङमा क्यूआर भुक्तानी सेवा सुरु

SITENAME

रेडियो ताप्लेजुङ
भाद्र ९गते । जिल्ला अस्पताल ताप्लेजुङले भुक्तानीका लागि  'क्यूआर  पेमेन्ट'सुरु गरेको छ। यसअघि नगदमा मात्र कारोबार हुँदा सेवाग्राहीहरूको गुनासो बढेको थियो । "सरकारी कारोबार निर्देशिका २०७६ " बमोजिम मंगलबारबाट यो सेवा सुरु गरिएको कार्यालयले जनाएको छ । सेवाग्राहीले भुक्तानी गरेको रकम जिल्ला अस्पताल ताप्लेजुङको नेपाल बैंक लिमिटेडमा रहेको खातामा जानेछ । टाढाबाट आएका,रातिको समयमा नगद कारोबारमा समस्या हुने सेवाग्राहीलाई विशेष सहजता हुने अस्पतालले विश्वास लिएको छ। 
हाल भने क्युआर भुक्तानी परीक्षणको क्रममा रहेकाले अति आवश्यकले मात्रै प्रयोग गर्न अस्पतालले अनुरोध गरेको छ।
अब कार्यालयले उपलब्ध गराएको आधिकारिक क्यूआर कोड स्क्यान गरेर सेवा शुल्क/राजस्व तिर्न सकिन्छ । मोबाइल बैंकिङ, डिजिटल वालेट वा अन्य क्यूआर-समर्थित माध्यमबाट रकम भुक्तानी गर्न सकिने बताइएको छ ।

सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

                                                            ©  रेडियो ताप्लेजुङ 

 

प्रतिकृया दिनुहोस
SITENAME

बजारमा दैनिक उपभोग्य वस्तुको चरम अभाव छैन : उद्योग वाणिज्य सङ्घ ताप्लेजुङ

रेडियो ताप्लेजुङ  श्रावण १९ गते ।उद्योग वाणिज्य सङ्घ ताप्लेजुङले बजारमा दैनिक सामग्री ग्याँस लगायतका वस्तुहरूको अभाव हुन लागेको र मूल्य वृद्धि

SITENAME

यात्रु पाए काठमाण्डौं ताप्लेजुङ हवाई उडान साउन १५ देखि

साउन १४, २०८३ ताप्लेजुङ सुकेटार विमानस्थलमा जेष्ठ २२ गतेदेखि हवाई उडान हुन सकेको छैन । नेपाल वायु सेवा निगमले सातामा तीन दिन सोमबार, वुधवार र

SITENAME

जलस्रोत तथा सिँचाइ विकास डिभिजन ,ताप्लेजुङले ९१ प्रतिशत बजेट खर्च गर्‍यो

रेडियो ताप्लेजुङ  अषाढ २६ गते । जलस्रोत तथा सिँचाइ विकास डिभिजन ,ताप्लेजुङले चालु आर्थिक वर्षमा वार्षिक बजेटको ९१% खर्च गरेको जनाएको छ। कुल ११ करोड