श्रम संस्कृति पार्टी ताप्लेजुङद्वारा पाँच विपन्न परिवारलाई घर निर्माण गरी हस्तान्तरण
..jpeg)
किरण गदाइली
ताप्लेजुङ, भदौ ७ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले श्रमदानमार्फत जिल्लाका विभिन्न पालिकामा पाँच विपन्न परिवारका लागि घर निर्माण गरी हस्तान्तरण गरेको छ।
पार्टीका जिल्ला सहसचिव रोशन लाबुङ लिम्बूका अनुसार फक्ताङलुङ गाउँपालिका–३ लिङ्खिममा एक, मेरिङदेन गाउँपालिका–३ खाम्लुङमा एक, सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनमा एक तथा सिदिङ्वा गाउँपालिकाको मेहेले र सुरुम्खिममा एक–एक गरी पाँचवटा घर निर्माण गरी हस्तान्तरण गरिएको हो।
पार्टीले जिल्लाभर निरन्तर श्रमदान अभियान सञ्चालन गरिरहेको सहसचिव लाबुङले रेडियो ताप्लेजुङलाई जानकारी दिनुभयो। उहाँका अनुसार श्रमदान अभियानअन्तर्गत फुङ्लिङ नगरपालिका क्षेत्रमा मात्रै ३६औँ हप्ताको श्रमदान सम्पन्न भइसकेको छ।
अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानमा बाटो मर्मत, सरसफाइ, सडक सोलिङ, सडक ढलान, अस्थायी पुल तथा फड्के निर्माण, पार्क सरसफाइ तथा वृक्षरोपण, बजार क्षेत्रमा डस्टबिन व्यवस्थापनलगायतका काम भइरहेका छन्।
सहसचिव लिम्बूका अनुसार हालसम्म जिल्लाका ४० वटा वडाका विभिन्न स्थानमा निरन्तर श्रमदान अभियान सञ्चालन भइरहेको छ। स्थानीय आवश्यकता र समुदायको मागअनुसार विभिन्न सार्वजनिक काममा श्रमदान गर्दै आएको उहाँले बताउनुभयो।
अभियानले स्थानीय समुदायमा आपसी सहयोग, सामाजिक एकता, श्रमप्रतिको सम्मान तथा सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने भावना विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने सहसचिव लाबुङले विश्वास व्यक्त गर्नुभयो। आगामी दिनमा पनि श्रमदान अभियानलाई थप विस्तार गर्दै निरन्तरता दिइने पार्टीले जनाएको छ।
..jpeg)
श्रम संस्कृति पार्टी ताप्लेजुङद्वारा पाँच विपन्न परिवारलाई घर निर्माण गरी हस्तान्तरण
किरण गदाइली ताप्लेजुङ, भदौ ७ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले श्रमदानमार्फत जिल्लाका विभिन्न पालिकामा पाँच विपन्न परिवारका लागि घर निर्माण

हेल्लोकको अध्यक्षतामा मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङ पुनर्गठन
किरण गदाइली ताप्लेजुङ,भाद्र ६ गते ।मनिष हेल्लोको अध्यक्षतामा मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङ पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम

हेल्लोकको अध्यक्षतामा मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङ पुनर्गठन
किरण गदाइली ताप्लेजुङ,भाद्र ६ गते ।मनिष हेल्लोको अध्यक्षतामा मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङ पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम

..jpeg)





प्रतिकृया दिनुहोस