हेल्लोकको अध्यक्षतामा मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङ पुनर्गठन

किरण गदाइली
ताप्लेजुङ,भाद्र ६ गते ।मनिष हेल्लोको अध्यक्षतामा मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङ पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।
प्रतिष्ठानको उपाध्यक्षद्धयमा सीता पिरती र मणि सेम्बुलाई चयन गरिएको छ भने महासचिव, सचिव र कोषाध्यक्षमा क्रमश : उदय भट्टराई नवराज आचार्य र लीला आँसु रहनुभएको छ । त्यस्तै सहसचिव र सहकोषाध्यक्षमा क्रमश : लक्ष्मी चुँडाल र केपी किराँती चयन हुनुभएको छ। सदस्यहरूमा पोष्टबहादुर गुरुङ ,होमनाथ दाहाल, सुनिता भुर्तेल ,अनिशा लोहार र जीवन कालिकोटे चयन हुनुभएको नवगठित कार्यसमितिका अध्यक्ष हेल्लोकले जानकारी दिनुभयो ।
संस्था एक वर्ष पुगेको अवसरमा शनिबार बिहान सदरमुकाम फुङ्लिङदेखि सुकेटारसम्म साहित्यिक पदयात्रा र अग्रज साहित्यकारहरुलाई सम्मान गरेको थियो । जिल्लाका अग्रज साहित्यकार काजी गुरुङ र चन्द्र मादेन (अन्छान)लाई सम्मान गरिएको बताइएको छ ।
पदयात्रामा १०० को हाराहारीमा सहभागिता रहेको अध्यक्ष हेल्लोकले जानकारी दिनुभएको छ। नयाँ सर्जकहरूलाई साहित्यप्रति उत्प्रेरित गर्नु र साहित्यलाई थप प्रचारप्रसार गर्नु समितिको मुख्य काम रहने हेल्लोको भनाई छ ।
..jpeg)
श्रम संस्कृति पार्टी ताप्लेजुङद्वारा पाँच विपन्न परिवारलाई घर निर्माण गरी हस्तान्तरण
किरण गदाइली ताप्लेजुङ, भदौ ७ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले श्रमदानमार्फत जिल्लाका विभिन्न पालिकामा पाँच विपन्न परिवारका लागि घर निर्माण
..jpeg)
श्रम संस्कृति पार्टी ताप्लेजुङद्वारा पाँच विपन्न परिवारलाई घर निर्माण गरी हस्तान्तरण
किरण गदाइली ताप्लेजुङ, भदौ ७ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले श्रमदानमार्फत जिल्लाका विभिन्न पालिकामा पाँच विपन्न परिवारका लागि घर निर्माण

हेल्लोकको अध्यक्षतामा मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङ पुनर्गठन
किरण गदाइली ताप्लेजुङ,भाद्र ६ गते ।मनिष हेल्लोको अध्यक्षतामा मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङ पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम

..jpeg)

प्रतिकृया दिनुहोस