ताजा खबर

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

RadioTaplajung

 

रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी गाउँपालिका प्रथम भएको छ । आठराई त्रिवेणी गाउँपालिकाले ३५ स्वर्ण,१८ रजत र ५ कास्यगरि ५८ पदक प्राप्त गरि प्रथम भएको हो । फुङलिङ नगरपालिका दोश्रो भएको छ । नगरपालिकाले २१ स्वर्ण,८ रजत र २ कास्यगरि ३१ वटा पदक जितेको हो । यसैगरि मिक्वाखोला गाउँपालिका ३ स्वर्ण,४ रजत र ५ कास्यगरि १२ पदकसहित तेश्रो बनेको हो । पाथीभरा याङ्वरक गाउँपालिका चौथो भएको छ । पाथीभरा याङ्वरक गाउँपालिकाले ३ स्वर्ण,४ रजत र ५ कास्यगरि १२ वटा पदक जितेको छ । मैवाखोला गाउँपालिकाले २ स्वर्ण,७ रजत र ३ वटा कास्यगरि १२ पदकसहित पाँचौ स्थान हाँसिल गरेको छ । सिदिङ्वा गाउँपालिका १ स्वर्ण,२ रजत र ६ कास्यगरि ९ वटा पदकसहित छैटौ बनेको छ । मेरिङ्देन गाउँपालिका १ स्वर्ण,१ रजत र ४ कास्यगरि सातौ स्थान हाँसिल गरेको छ । सिरीजङ्गा गाउँपालिका र फक्ताङलुङ गाउँपालिका स्वर्ण पदक विहिन बनेको छ । सिरीजङ्गा गाउँपालिका ४ रजत र ३ कास्य तथा फक्ताङलुङ गाउँपालिकाले १ रजत र ३ कास्य प्राप्त गरि क्रमश आठौ र नवौं स्थानमा चित्त बुझाएको छ । विजेता टिमलाई प्रमूख अतिथि कोशी प्रदेश सांसद तथा पूर्व मन्त्री तिल कुमार मेन्याङबो,आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष दिपेन पोमू,जिल्ला खेलकुद विकास समिति अध्यक्ष नरेन्द्र कुमार लिम्बु गणेश लगायत जनप्रतिनिधिले पुरस्कर प्रदान गरे । प्रतियोगीता फुलबारीस्थित महविर खेलमैदानमा फागुन १–४ गतेसम्म सञ्चालन भएको थियो ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

अन्तरपालिका स्तरीय चौथो मेयर कपमा २ खेल सम्पन्न 

प्रिशा बस्नेत , ताप्लेजुङ , जेष्ठ ३ गते  आज बाट सुरु भएको ताप्लेजुङ पर्यटन महोत्सव  २०८१ को अवसरमा  सञ्चालित अन्तरपालिका स्तरीय चौथो मेयर कप पुरुष

RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा