ललिता निवास जग्गा हिनामिनाको फैसला विहीबार हुने
फागुन ३ गते । बालुवाटारको ललिता निवास परिसरको सरकारी जग्गा हिनामिनासम्बन्धी मुद्दाको फैसला आज हुने भएको छ ।
विशेष अदालतले हिजै फैसला सुनाउने तयारी गरे पनि प्राविधिक काम नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । झण्डै एक महिनादेखिको निरन्तर सुनुवाइपछि आज मुद्दाको फैसला हुन लागेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वभूमिसुधार मन्त्री डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी तथा पूर्व सचिवहरु दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारीसहित ११० जनालाई बिगो, कैद र जरिबाना तथा ६५ जनालाई जग्गा जफतका लागि प्रतिवादी बनाएर चार वर्षअघि विशेष अदालतमा अभियोग दायर गरेको थियो ।
२९९ रोपनी जग्गा नेपाल सरकारका नाममा ल्याएकोमा करिब १४ रोपनी जफत भएको र बाँकी करिब २८५ रोपनी मुआब्जा तिरेर अधिग्रहण गरिएको थियो । त्यसमध्ये अधिग्रहण गरिएको जग्गालाई १६ लाख रुपैयाँभन्दा बढी तिरेको अख्तियारको अभियोगपत्रमा छ । यही जग्गा प्रकरणमा कीर्ते मुद्दा काठमाण्डौ जिल्ला अदालतमा पनि विचाराधीन छ ।
राजनीतिक गठबन्धन होइन,समिकरण होः भट्टराई
रेडियो ताप्लेजुङ । बैसाख २२ गते । प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री योगेश कुमार भट्टराईले बर्तमान सरकार राजनीतिक गठबन्धन नभएको बताएको छन् ।
एमाले अधिबेशनका लागि शुक्रबार प्रतिनिधि चयन
रेडियो ताप्लेजुङ । बैसाख २१ गते । नेकपा एमालेको १२औं जिल्ला अधिबेशन सुरु हुने तीन दिनअघि शुक्रबार वडा– वडावाट प्रतिनिधि चयन हुँदैछ । जिल्ला कमिटिमा
सर्बपक्षीय सहमति नभई केवलकार निर्माण कार्य अघि नबढाउन चेतावनी
रेडियो ताप्लेजुङ,फल्गुण ११ गते। नेत्रविक्रम चन्द( विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सर्वपक्षीय सहमति नभई पाथिभरा क्षेत्रमा
प्रतिकृया दिनुहोस