ताजा खबर

२२ महिने शिशुको हर्नियाको शल्यक्रिया गरियो

RadioTaplajung

 

पाँचथर ।   पाँचथरमा पहिलो पटक एक शिशुको हर्नियाको सफलतापूर्वक शल्यक्रिया गरिएको छ । फालेलुङ गाउँपालिका ७ का २२ महिने शिशुको जिल्ला सदरमुकाम फिदिममा अवस्थित गणेशमान सिंह सामुदायिक हस्पिटलमा पौष १४ गते शल्यक्रिया गरिएको हो ।
    सो अस्पतालका सर्जन डा. प्रयास न्यौपानको नेतृत्वमा शिशुको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । डा. न्यौपाने सहित एनेसथेसियोलोजिस्ट डा. विकास बराल र एनेसथेसियोलोजिस्ट डा. रस्ना शाक्यको समूहले शिशुमा रहेको हर्नियाको सफलतापूर्वक शल्यक्रिया गरेको अस्पतालका शल्यक्रिया विभाग प्रमुख सागर ढुंगेलले बताउनु भयो । शिशुको शल्यक्रियाका लागि कौडल एनेसथेसिया (आधा शरीर मात्र लट्याउने) विधि प्रयोग गरिएको एनेसथेसियोलोजिस्ट डा. बरालले जानकारी दिनु भयो ।   
    यसैगरी, सो अस्पतालमा एक महिलामा रहेका एपेन्डिसाईटिस सहित ओभरइन मास र डर्मोइड सिस्टको समेत पौष १६ गते शल्यक्रिया गरिएको छ । फालेलुङ गाउँपालिका ३ का ३२ वर्षीया कला साँबाको एपेन्डिसाईटिसको लक्षण देखिएपछि उपचार थालिएको ओभरइनमास (अण्डासयमा ऐजेरु पलाएको) र डर्मोइड सिस्ट समेत रहेको उपचारमा संलग्न डा. प्रयास न्यौपानेले बताए । साँबाको शल्यक्रियाका लागि स्पाईनल एनेसथेसिया (आधार शरीर मात्र लट्याउने) प्रयोग गरिएको एनेसथेसियोलोजिस्ट डा. शाक्यले बताउनु भयो । उनको वायएफसीका लागि नमुना संकलन गरी प्रयोगशाला परिक्षणका लागि रेफरल ल्याबमा पठाइएको अस्पताल प्रयोगशाला विभाग प्रमुख सरिनकुमार चौधरीले बताउनु भयो ।
    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शुभनाराण ठाकुरले पाँचथर जिल्लामा यस्ता किसिमका जटिल शल्यक्रिया हालसम्म नगरिएको बताउनु भयो । “हामीलाई जानकारी भए अनुसार यस्ता जटिल शल्यक्रिया जिल्लामा भएका थिएनन्” उहाँले भन्नु भयो– “हामीले शुलभ शूल्कमा यो सेवा समेत सुरुवात गरेका छौं ।” हर्निया, एपेन्डिक्स लगायतका रोगहरुको अबदेखि यही अस्पतालमा शल्यक्रिया सेवा उपलब्ध हुने डा. ठाकुरले जानकारी दिनु भयो । अस्पतालले थप गरेको सुविधावाट विरामीले यस्ता रोगको उपचारका लागि तराईका झापा, मोरङ र सुनसरी जिल्लाका अस्पताल झर्नु पर्ने बाध्यताको अन्त्य भएको अस्पतालका अध्यक्ष सन्तोष श्रेष्ठले बताउनु भयो । गत वैशाखदेखि सञ्चालित यस अस्पतालमा स्थापना काल देखि नै विशेषज्ञ डाक्टरवाट हाडजोर्नी तथा नशा सम्बन्धी शल्यक्रिया तथा उपचार हुँदै आएको अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो । 

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

एमाले अध्यक्ष थेवेको आइसियुमा उपचार हुँदै 

ताप्लेजुङ – आश्विन १७ गते । आनन्द गौतम नेकपा एमाले जिल्ला कमिटि ताप्लेजुङका अध्यक्ष एबं संविधान सभा सदस्य भुपेन्द्र थेवे अस्पताल भर्ना भएका छन ।

RadioTaplajung

डेंगु परीक्षण गर्ने किट सरकारसँग छैन,संक्रमण उच्च जोखिममा 

काठमाडौं,असोज ५ गते । नेपालमा डेंगु संक्रमणले महामारीको रुप लिँदा सरकारसँग भने अहिले डेंगु परीक्षण गर्ने किट सकिन लागेको छ।  स्वास्थ्य तथा

RadioTaplajung

ताप्लेजुङ ‘पूर्ण खोप सिनिश्चितता जिल्ला’ घोषित

किरण गदाईली , ताप्लेजुङ,असार २४गते ताप्लेजङ जिल्लालाई पूर्णखोप सिनिश्चितता  जिल्ला घोषणा गरिको छ । झाँकी सहितको ¥याली गरि नगर परिक्रममा पस्चात