ताजा खबर

ताप्लेजुङ ‘पूर्ण खोप सिनिश्चितता जिल्ला’ घोषित

RadioTaplajung

किरण गदाईली , ताप्लेजुङ,असार २४गते
ताप्लेजङ जिल्लालाई पूर्णखोप सिनिश्चितता  जिल्ला घोषणा गरिको छ । झाँकी सहितको ¥याली गरि नगर परिक्रममा पस्चात  सदरमुकाम फुङलिङ स्थीत सामुदायीक भवन सीटी  हलमा सुक्रवार एक कार्यक्रमकाबीच जिल्लालाई उक्त घोषणा गरिएको हो । कार्यक्रम जिल्ला खोप समन्वय समिति ताप्लेजुङको आयोजनामा सम्पन्न भएकोथियो । कार्यक्रममा विभिन्न गाउँपालिकाका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्यकर्मी लगायत सरोकारवाला हरुको उपस्थिती रहेको थियो ।ताप्लेजुङ प्रदेश एकमा भने तेह्रऔं पुर्णखोप सिनिश्चितता जिल्ला वनेको हो १४ जिल्ला मध्य अव सुनसरी जिल्लालाई घोषणा गर्न बाँकी रहेको छ ।
 कार्यक्रममा वोल्ने अधिकांश अथिती हरुले जिल्लालाई पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा सँगै प्रभावकारी कार्यन्वयनमा चुनौति रहेको धारणा राखेकाथिए । 
कार्यक्रमका प्रमुख अथिती प्रदेश नं एकका प्रदेशसभा सदस्य तथा पूर्व सामाजिक सुरक्षा मन्त्री वलवहादुर साम्सोहाङले जिल्लाालाई ढिलै भएपनि पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गर्न महत्व पुर्ण भमिका खेल्ने सवै प्रति आभार प्रकट गदै कार्यन्वयनको पक्षमा पनि अहोरात्रा खटिन आग्रह गर्नुभयो  । 
कार्यत्रममा अध्यक्ष्यता गर्नुभएका आयोजक संस्थाका अध्यक्ष छिरङ लामाले आफु जिल्ला अस्पतालको अध्यक्षमा भर्खरै नियुति भएको कुरा स्मरण गराउँदै जिल्ला अस्पतालको सेवालाई जनमैत्री  वनाउन सवैको सहयोग हुनुपर्नेमा जोड दिनुभयो । साथै उहाँले एउटा निस्चीत उदेस्यका साथ अघि बढ्न सम्पुर्ण सरोकारवालाई अग्रह गर्नुभयो “ हामी एउटा गोल वनाएर अघि वढौं ताप्लेजुङ जिल्ला अस्पतालमा आएका विरामीलाई स्वास्थ्य सुविधा नपाएर वाह्य जिल्ला जाने अवस्थालाई अन्त्य गर्ने , विराटनगरमा हुँने उपचार , झापामा हुने उपचार किन हामी सँग सम्भव छैन ? त्यता तिर ध्यान दिएर अघि वढ्यो भने अवस्य पनि हामी धेरै हद सम्म सफल हुन्छौ  ” उहाँले भन्नुयो ।
कार्यक्रमा वोल्दै आठराई त्रिवेणी गाउँपालिकाका प्रमुख दिपेन पोमुले घोषणा हुनु राम्रो पक्ष भएपनि यद्यपी  कार्यन्वयनमा चुनौती  रहनेमा ध्यानदिइ अघि वाढ्नुको विकल्प नरहेको औल्याउनुभयो ।
त्यस्तै मेरिङ्देन गाउँपालिकाका प्रमुख युकहाङविर हाङ्गामले प्रदेश एकमा ढिलै भएपनि जिल्लालाई पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिनु सुखद कुरा भएकोे र कार्यन्व्यनको पक्षामा स्थानीय तहहरुले समन्वयकारी भुमिका निभाउनुपर्नेमा जोड दिनुभयो । त्यसकालागी आफ्नो पालिकामा आफु सहयोगकालागी प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।
मैवाखोला गाउँपालिकाका प्रमुख विजय प्रकाश वनेमले जिल्लाका ग्रामिण क्षेत्रमा स्वास्थ्यको राम्रो पहुँच नरकोको कुरालाई औल्याउदै त्यस्ले कार्यन्वयनमा चुनौति हुन सक्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा पाथीभरा  याङ्वरक गाँउपालिका प्रमुख केशरकुमार मेन्याङ्वोले अव स्वास्थ्यकर्मी लागायत सबैले थप मह्त्व पुर्ण भुमिका खेल्ने वेला आएको तर्फ सचेत गराउनुभयो  ।
सम्वन्धित जिल्लाका सवै  पालिकामा २०७७ को श्रावणकदेखि हाल सम्म १३ देखि २३  महिनाका वालवालिकालको सर्वक्षण गर्दा सवै वालवालिकाले १५ महिनाको उमेर भित्र राष्ट्रिय खोपको तालिका अनु्ुसार सम्पु्र्ण खोपको मात्रा पाएको अवस्थामा त्यो जिल्लालाई  जिल्लामा रहेका सम्पुर्ण पालिकामा पुर्ण खोपको सिनिश्चितताकालागी  निर्देशिका वमोजिम  प्रक्रिया पुरा गरेपछि   पूर्णखोप सिनिश्चितता  जिल्ला घोषणा गर्ने कार्यविधि रहेको कार्यक्रममा प्रस्तुतकर्ता रहनुभएको स्वमस्थ्य कार्यलय ताप्लेजुङका  दिनेश रायले जानकारी दिनुभयो ।

उहाँका अनुसार सवै वालवालिकालाई राष्ट्रिय खोप  तालिका अनुसार पूर्ण खोप उपलव्ध गराउनकोलागी स्थानीय श्रोतको पहिचान , स्थानीय सरकार र  सरोकारवालाको अपन्वत र सहभागितामा खोप खोप वाट वचाउन सकिने  रोगको रोग लाग्ने दर ,अपाङ्गदर  र मृतयुदरमा कमि ल्याई स्वास्थ्य वालवालिका तयार गर्ने यस कार्यक्रमको लक्ष्य रहेको छ ।
 

प्रतिकृया दिनुहोस
RadioTaplajung

एमाले अध्यक्ष थेवेको आइसियुमा उपचार हुँदै 

ताप्लेजुङ – आश्विन १७ गते । आनन्द गौतम नेकपा एमाले जिल्ला कमिटि ताप्लेजुङका अध्यक्ष एबं संविधान सभा सदस्य भुपेन्द्र थेवे अस्पताल भर्ना भएका छन ।

RadioTaplajung

२२ महिने शिशुको हर्नियाको शल्यक्रिया गरियो

  पाँचथर ।   पाँचथरमा पहिलो पटक एक शिशुको हर्नियाको सफलतापूर्वक शल्यक्रिया गरिएको छ । फालेलुङ गाउँपालिका ७ का २२ महिने शिशुको जिल्ला सदरमुकाम

RadioTaplajung

डेंगु परीक्षण गर्ने किट सरकारसँग छैन,संक्रमण उच्च जोखिममा 

काठमाडौं,असोज ५ गते । नेपालमा डेंगु संक्रमणले महामारीको रुप लिँदा सरकारसँग भने अहिले डेंगु परीक्षण गर्ने किट सकिन लागेको छ।  स्वास्थ्य तथा