ताजा खबर

डेंगु परीक्षण गर्ने किट सरकारसँग छैन,संक्रमण उच्च जोखिममा 

RadioTaplajung


काठमाडौं,असोज ५ गते ।
नेपालमा डेंगु संक्रमणले महामारीको रुप लिँदा सरकारसँग भने अहिले डेंगु परीक्षण गर्ने किट सकिन लागेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग,व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखाका अनुसार हाल सरकारसँग जम्मा ५ हजार थान मात्रै परीक्षण किट रहेको छ।​

आपूर्ति शाखाका प्रमुख डा। सुरेन्द्र चौरसियाका अनुसार सुरूमा विश्व स्वास्थ्य संगठनले २० हजार थान र पछि पुनस् पाँच हजार थान किट दिएको थियो। तर अब ५ हजार थान मात्रै बाँकी रहेको उनले बताए। ‘डब्लुएचओले दुई पटक गरेर २५ हजार थान किट दिएको थियो, तर हामी संग हाल जम्मा पाँच हजार थान मात्रै किट बाँकी रहेको छ’, चोरसियाले थाहाखबरसँग भने, ‘डेंगु बढेसँगै परीक्षण किटको माग भइरहेको छ तर पुगिरहेको छैन।ु 

 नेपालमा हाल डेंगु संक्रमितको संख्या १९ हजार नाघिसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा ९इडिसिडी०का अनुसार डेंगुबाट मृत्यु हुनेको संख्या पनि २४ पुगिसकेको छ। यसले गर्दा नेपालमा डेंगुले महामारीकै रुप लिएको समेत विज्ञहरुले बताएका छन्।

 इडिसिडीका एक कर्मचारीका अनुसार पनि हाल डेंगु परीक्षण गर्ने किट एकदमै कम मात्रामा भएकै कारण जिल्लाहरूबाट परीक्षणको लागि माग हुँदा समेत दिन नसकेको अवस्था छ।

इडिसिडीका एक कर्मचारीले भने ‘डेंगु बढिरहेको छ तर परीक्षण गर्ने किट एकदमै कम छ। यतिसम्मकी जिल्लाहरूबाट किट लिन आउँदा पनि दिन नसक्ने अवस्थामा छौं।‘

प्रतिकृया दिनुहोस
RadioTaplajung

एमाले अध्यक्ष थेवेको आइसियुमा उपचार हुँदै 

ताप्लेजुङ – आश्विन १७ गते । आनन्द गौतम नेकपा एमाले जिल्ला कमिटि ताप्लेजुङका अध्यक्ष एबं संविधान सभा सदस्य भुपेन्द्र थेवे अस्पताल भर्ना भएका छन ।

RadioTaplajung

२२ महिने शिशुको हर्नियाको शल्यक्रिया गरियो

  पाँचथर ।   पाँचथरमा पहिलो पटक एक शिशुको हर्नियाको सफलतापूर्वक शल्यक्रिया गरिएको छ । फालेलुङ गाउँपालिका ७ का २२ महिने शिशुको जिल्ला सदरमुकाम

RadioTaplajung

ताप्लेजुङ ‘पूर्ण खोप सिनिश्चितता जिल्ला’ घोषित

किरण गदाईली , ताप्लेजुङ,असार २४गते ताप्लेजङ जिल्लालाई पूर्णखोप सिनिश्चितता  जिल्ला घोषणा गरिको छ । झाँकी सहितको ¥याली गरि नगर परिक्रममा पस्चात