ताजा खबर

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

RadioTaplajung

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते ।
पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ। 
दिवसको अवसरमा पालिकाले उत्कृष्ट कर्मचारी सम्मान,उत्कृष्ट कृषक सम्मान, पालिका कर्मचारीले गरेका दैनिक कार्यसम्पादनको पुस्तक विमोचन, र नियमावलीको आधारमा रहि तीनजना पालिका कर्मचारीलाई स्तर वृद्धि प्रदान गरेको छ। 
पालिकाको केन्द्र थेचम्बुमा आज आयोजित कार्यक्रममा उत्कृष्ट कर्मचारीतर्फ सिर्जना गौतम, शम्भु श्रेष्ठ,मन्जु भट्टराईलाई सम्मान गरिएको हो।
उत्कृष्ट कृषकतर्फ कुमार खिमदिङ, किशोर खतिवडा, कर्ण बहादुर भट्टराई,कृष्ण कार्की सम्मान हुनुभएको छ। 
पालिकाले नियमावलीमा आधारित रही दुई कर्मचारीको स्तर वृद्धि पनि गरेको छ। जस अन्तर्गत पालिकाका कर्मचारी भिमलाल सार्की र बसन्ता लिम्बु क्रमश अधिकृत छैठौँ र सी अनमीमा स्तर वृद्धि हुनुभएको हो। 
त्यस्तै अवकाश लिएर जाने कर्मचारीलाई सम्मान गरिएको छ  । नारायण पौडेल र शिवकुमार सामसोहाङलाई सम्मान तथा विदाई गरिएको हो।
उत्कृष्ट कृषकको रूपमा पुरस्कृत हुनुहुने कृषक खिमदिङले किसानलाई पालिकाले यसरी नै प्रोत्साहन कार्य गरिरहोस् भन्ने अपेक्षा रहेको बताउदै कृषक मैत्री कार्यक्रमहरु लिएकोमा आभार प्रकट गर्नुभयो । त्यस्तै उत्कृष्ट कर्मचारी ठहरिनु भएकी गौतमले प्रति अझ जिम्मेवार हुन प्रेरणा मिलेको र अझ उत्कृष्ट कार्य गर्ने प्रतिबद्धता जनाउनुभयो।
पालिका उपप्रमुख रणमाया गुरुङले  दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै कर्मचारी सम्मान र कृषक सम्मानको मापदण्डको बारेमा प्रकाश पार्नुभयो। 
पालिका अध्यक्ष केशर कुमार मेन्याङबोले संविधान प्रदत्त अधिकारको उपयोग गरी जनताको कष्ट दुःख आदि जस्ता विषयमा जानकार  हुने सम्बोधन गर्ने एउटा महत्वपूर्ण निकाय स्थानीय सरकार भएकाले आफूहरुलेले स्थापना दिवस मनाउने गरेको स्पष्ट पार्नुभयो। कृषक लाई ऊर्जाशील राख्न प्रोत्साहनको कार्यक्रम राखेको उहाँको भनाइ छ।
साथै अब कर्मचारीलाई कार्यमा चुस्त राख्न मासिक रूपमै कर्मचारी सम्मानको कार्यक्रम राख्ने योजना रहेको सुनाउनुभयो। 
कर्मचारीले सेवाग्राहीलाई सकारात्मक सोचका साथ सेवा दिनुपर्नेमा जोड दिँदै कुनै पनि कार्यको लागि सेवाग्राही आउँदा सन्तुष्ट पारेर पठाउँछु भन्ने धारणा मनमा राख्न कर्मचारीहरुलाई अध्यक्ष मिन्याङबोले आग्रह गर्नुभयो । खाद्यान्नमा आत्मनिर्भर बनाउन विशेष कार्यक्रम बनाउने योजनामा  पालिका रहेको उँहको भनाई रहेको छ । दिवसको अबसरमै खुल्ला ब्याडमिण्नटन प्रतियोगिता पनि संचालन संचालन हुदैंछ । 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

पर्यटन कार्यालयद्धारा ताप्लेजुङका  होमस्टे सञ्चालकसँग अन्तरक्रिया 

  किरण गदाईली             ताप्लेजुङ,फाल्गुण,८ गते । पर्यटन कार्यालय काँकडभिट्टा झापाले ताप्लेजुङमा पर्यटन प्रवद्धनका  लागि