ताजा खबर

अार्इपीएल २०१९: सन्दीप दिल्लीमै, गम्भीर र म्याक्सवेल अाउट

आउँदो संस्करणको आईपीएलका लागि दिल्ली डेयरडेभिल्सले नेपालका सन्दीप लामिछानेलाई रिटेन गरेको छ । 

रिटेन गरिएको पक्का भए पनि कति रकममा सम्झौता भएको भन्ने खुलिसकेको छैन । गएकाे संस्करणमा सन्दीपलाई दिल्लीले २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेकाे थियाे । 

अक्शनअगावै शिखर धवनलाई सनराइजर्स हैदराबादबाट टिममा भित्र्याएको दिल्लीले कप्तान गौतम गम्भीर र अष्ट्रेलियाका अलराउण्डर ग्लेन म्याक्सवेललाई टिमबाट मुक्त गरेको छ ।यस संस्करणका लागि दिल्लीमा थुप्रै खेलाडी परिवर्तन भएका छन् ।

रिटेन गरिएका खेलाडी

श्रेयस अय्यर, पृथ्वी श, रिशभ पन्त, मनजोत काल्रा, कोलिन मुन्रो, क्रिश मोरिस, जयन्त यादव, राहुल तेवतिया, हर्शल पटेल, अमित मिश्रा, कगिसो रबाडा, ट्रेन्ट बोल्ट, सन्दीप लामिछाने, अवेश खान

रिलिज गरिएका खेलाडी

गौतम गम्भीर, जेसन रोय, गुरकीरत मान, ग्लेन म्याक्सवेल, मोहम्मद शामी, ड्यान क्रिस्टियन, सायन घोष, लियाम प्लंकेट, जुनियर डाला, नमन ओझा

ट्रेडेड खेलाडी

विजय शंकर, अभिषेक शर्मा, शाहबाज नदीम, शिखर धवन

यस्ताे थियाे पहिलाे अार्इपीएलमा सन्दीपकाे सनसनी

सन्दीपलार्इ अनुबन्ध गरेकाे पहिलाे वर्ष अर्थात गएकाे अार्इपीएलमा उनलार्इ पहिलो ११ खेलसम्म प्लेइङ ११ मा राखिएन । १२ औं खेलमा रोयल च्यालेञ्जर्स बेंग्लोरका विरुद्ध पहिलोपल्ट खेल्ने मौका पाए । पहिलो खेलमा पहिलो ओभर नै उनलाइ थमाइएको थियो । उनले आत्मविश्वासी हिसाबले बलिङ गरे ।

सन्दीपले बेंग्लोरका पार्थिब पटेलको विकेट लिएपछि क्रिजमा रहेका ए बी डीभीलीयर्स र विराट कोहलीलाई बलिङ गर्ने मौका पाए । उनको स्पिनमा डीभीलीयर्स पनि जसोतसो आउट हुन बाट बचे ।

४ ओभरको स्पेलमा कुनै अतिरिक्त रन नदिइ २५ रन खर्च गर्दै १ विकेट लिंदा नेपालका १५ वर्षे ठिटो सबैका छलफलको विषय बने ।
उनले दोस्रो खेलमा चेन्नइका सुरेश रैनाको विकेट लिए । त्यो खेल दिल्लीले ३४ रनले जित्यो । 

तेस्रो खेलमा मुम्बइ इन्डियन्सलाई ११ रनले हराउँदा सन्दिपको योगदान स्मरणीय रह्यो । उनले सूर्यकुमार यादव, कायरन पोलर्ड तथा क्रुणाल पाण्ड्याको महत्वपूर्ण विकेट लिएका थिए । उनले समग्रमा ३ खेलमा १६.४४ को औसतमा ५ विकेट लिंदै ६.८३ को इकोनोमीका साथ जम्मा ८२ रनमात्र खर्चिएका थिए ।
यी सबै खेलमा भारतका अभिषेक शर्मा तथा पृथ्वी शा को योगदान पनि महत्वपूर्ण रह्यो ।

सन्दीपसँगै १२ औं खेलमा डेब्यू गरेका अभिषेकले बेंग्लोविरुद्ध अविजित १९ बलमा ४६ रन बनाएका थिए । पृथ्वी शा भने पहिले नै हैदराबाद विरुद्ध ६५, राजस्थान रोयल्सविरुद्ध ४७ तथा कोलकाताविरुद्ध ६२ रन बनाउँदै यू १९ विश्वकप जिताउने टिमको कप्तान तथा सुरुवाती ब्याट्सम्यान भएको तथ्य प्रमाणित गरिसकेका थिए । उनले ९ खेलमा जम्मा २४५ रनको योगदान दिए ।#स्रोत ः उज्यालो अनलाईन

प्रतिकृया दिनुहोस
RadioTaplajung

अन्तरपालिका स्तरीय चौथो मेयर कपमा २ खेल सम्पन्न 

प्रिशा बस्नेत , ताप्लेजुङ , जेष्ठ ३ गते  आज बाट सुरु भएको ताप्लेजुङ पर्यटन महोत्सव  २०८१ को अवसरमा  सञ्चालित अन्तरपालिका स्तरीय चौथो मेयर कप पुरुष

RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी