ताजा खबर

ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली महिला फुटबल टिम फर्कियो

RadioTaplajung

काठमाडौं – सन् २०२० ओलम्पिक छनोट अन्तर्गत एसियाली छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली राष्ट्रिय महिला फुटबल टोली बिहीबार स्वेदश फर्केको छ ।

ओलम्पिक छनोटमा सहभागिताको पहिलोपल्ट नै दोस्रो चरणमा पुग्न सफल नेपाली टोलीलाई बिहीबार  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद राखेपका नवनियुक्त उपाध्यक्ष पिताम्बर तिम्सिना, अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पालगायतले स्वागत गरे । 

स्वदेश फर्किएपछि नेपाली टोलीका प्रशिक्षक हरि खड्काले महिला फुटबलमा लगानी बढाउँदा अझै राम्रो प्रदर्शन गर्न सक्ने बताए । ‘हामीले छोटो तयारीमा पनि राम्रो नजिता निकाल्न सक्यौँ, अझ बढी लगानी र एक्स्पोजर हुने हो भने हामी अझै राम्रो गर्न सक्छौँ’, प्रशिक्षक खड्काले भने ।

त्यस्तै कप्तान निरु थापाले उच्च वरीयताका टोलीविरुद्ध राम्रो खेल्न सक्षम भएको भन्दै आउँदो अप्रिलमा हुने दोस्रो संस्करण र साफ च्याम्पियनसिपको तयारीमा लाग्नुपर्ने बताए । 

म्यानमारमा भएको पहिलो चरणको छनोटमा नेपालले समूह चरणमा अपराजित रहँदै दोस्रो चरणमा स्थान बनाएको हो । नेपालले भारत, म्यानमार र बंगलादेशसँग समान १–१ गोलको बराबरी खेलेको थियो । #उज्यालो अनलाईन बाट साभार

प्रतिकृया दिनुहोस
RadioTaplajung

अन्तरपालिका स्तरीय चौथो मेयर कपमा २ खेल सम्पन्न 

प्रिशा बस्नेत , ताप्लेजुङ , जेष्ठ ३ गते  आज बाट सुरु भएको ताप्लेजुङ पर्यटन महोत्सव  २०८१ को अवसरमा  सञ्चालित अन्तरपालिका स्तरीय चौथो मेयर कप पुरुष

RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी