ताजा खबर

बार्सिलोना पुग्यो अन्तिम १६ मा, मेस्सी अझै बेन्चमै

RadioTaplajung

स्पेनिस च्याम्पियन बार्सिलोना च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

लिगको समूह चरण अन्तर्गत मंगलबार राति अवे मैदानमा भएको खेलमा इटालियन क्लब इन्टर मिलानसँग १–१ को बराबरीमा रोकिएको बार्सिलोनाले अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

समूह बी अन्तर्गतको खेलमा चोटग्रस्त लियोनल मेस्सी बिनाको बार्सिलोनाले इन्टरसँग बराबरी खेलेको हो । अन्तिम सात मिेट बाँकी हुने बेलासम्म गोलरहित रहेको खेलमा ८३ औँ मिनेटमा माल्कमको गोलबाट बार्सिलोनाले अग्रता लियो ।

तर ८७ औँ मिनेटमा माउरिसिओ आइकार्डीले इन्टरका लागि गोल गरे । यो बराबरीपछि समूहको शीर्ष स्थानमा रहेको बार्सिलोना अन्तिम १६ मा पुग्ने पक्का भएको छ ।

इन्टर मिलान दोस्रो स्थानमा छ र उसको अन्तिम १६ मा स्थान बनाउने सम्भावना छ । उस्तै सम्भावना टोटनह्यामको पनि छ ।

राति नै भएको खेलमा माउरिसियो पोकेटिनोको टिम टोटनह्यामले पिएसभी एन्थोवेनलाई २–१ ले हरायो । टोटनह्यामको जितमा दुवै गोल ह्यारी केनले गरे । एन्थोवेनका लागि डी जोङ्गले गोल गरे ।

इन्टरको सात तथा टोटनह्यामको चार अंक छ । अब आउँदा खेलले यी दुई टोली मध्ये को अघि जानेछ भन्ने थाहा हुनेछ । यो खेलमा पनि मेस्सी बेन्चमै थिए । उनी चाँडै नै मैदान फर्किने तयारीमा छन् ।

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

अन्तरपालिका स्तरीय चौथो मेयर कपमा २ खेल सम्पन्न 

प्रिशा बस्नेत , ताप्लेजुङ , जेष्ठ ३ गते  आज बाट सुरु भएको ताप्लेजुङ पर्यटन महोत्सव  २०८१ को अवसरमा  सञ्चालित अन्तरपालिका स्तरीय चौथो मेयर कप पुरुष

RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी