ताजा खबर

गणेश लामा छुटे, कारागारभित्रै ‘गुरू’ मनाङेले लगाइदिए माला

RadioTaplajung

गणेश लामा छुटे, कारागारभित्रै ‘गुरू’ मनाङेले लगाइदिए माला

कात्र्तिक १ गते । नेपाली कांग्रेससँग निकट ‘गुन्डा नाइके’ गणेश लामा थुनामुक्त भएका छन् । हातहतियार तथा खरखजाना मुद्दामा कैद सजाय भुक्तान गरेर उनी सोमबार राति छुटेका हुन् ।

गत ३० फागुनमा काठमाडौं प्रहरी परिसरको विशेष टोलीले लामालाई एउटा पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरेको थियो ।गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेपछि त्यहाँ पुगेको प्रहरी टोलीले लामालाई पक्राउ गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले २६ चैतमा गरेको थुनछेक आदेश बमोजिम हातहतियार तथा खरखजाना ऐन, २०१७ अनुरुप उनलाई डिल्लाबजार कारागारमा पुर्पक्षका लागि पठाइएको थियो । पछि मुद्दाको फैसलामा उनलाई ७ महिना कैद र ७० हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।

‘पक्राउ परेको दिनदेखि २८ असोजसम्ममा कैद सजाय कट्टा भएकाले अन्य मुद्दामा थुनामा राख्नु नपर्ने भए थुनामुक्त गर्नु होला’, प्रशासन कार्यालयंद्वारा डिल्लीबजार कारागारलाई प्रेषित पत्रमा उल्लेख छ ।

‘लामाको अन्य मुद्दा नभएको देखियो र हतियारको मुद्दामा सजाय पूरा भएको हुँदा उनलाई थुनामुक्त गरिएको छ’, डिल्लीबजार कारागारका जेलर विष्णु कार्कीले अनलाइनखबरसँग भने ।
यो पनि पढ्नुहोस गणेश लामाको साथबाट बरामद भएको पेस्तोलबाटै गौशालामा गोली चलेको पुष्टि

दिपक मनाङेको बिदाइ, कार्यकर्ताको स्वागत

डिल्लीबजार कारागारमा सँगै रहेका अर्का गुन्डा नाइके दिपक मनाङेले लामालाई माला लगाइदिएर विदाइ गरेको कारागार स्रोतले जनाएको छ ।

लामा छुट्ने वेलामा उनले भावुक बन्दै फुलमाला लगाइदिएका थिए । कारागारबाट निस्किएलगत्तै बाहिर उनका समर्थकहरुले स्वागत गरेका थिए । अनलाइनखबर डट कम

प्रतिकृया दिनुहोस
RadioTaplajung

राजनीतिक गठबन्धन होइन,समिकरण होः भट्टराई

रेडियो ताप्लेजुङ । बैसाख २२ गते । प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री योगेश कुमार भट्टराईले बर्तमान सरकार राजनीतिक गठबन्धन नभएको बताएको छन् ।

एमाले अधिबेशनका लागि शुक्रबार प्रतिनिधि चयन 

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । नेकपा एमालेको १२औं जिल्ला अधिबेशन सुरु हुने तीन दिनअघि शुक्रबार वडा– वडावाट प्रतिनिधि चयन हुँदैछ । जिल्ला कमिटिमा

RadioTaplajung

सर्बपक्षीय सहमति नभई केवलकार निर्माण कार्य अघि नबढाउन चेतावनी

रेडियो ताप्लेजुङ,फल्गुण ११ गते।  नेत्रविक्रम चन्द( विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सर्वपक्षीय सहमति नभई पाथिभरा क्षेत्रमा