ताजा खबर

ताप्लेजुङमा निशुल्क स्वास्थ्य शिविर

RadioTaplajung

ताप्लेजुङमा निशुल्क स्वास्थ्य शिविर
रेडियो ताप्लेजुङ,असोज २१ गते  । जिल्लामा आगामी कात्र्तिक १६ र १७ गते मुटु रोग सहित विभिन्न जटिल रोग संम्वन्धी निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।  सेभ द हार्ट संस्थाको प्राविधिक सहयोगमा सदरमुकाममा निशुल्क स्वास्थ्य शिविर हुने भएको हो । शिविरमा मुटु रोग सहित स्त्री रोग, हाडजोर्नी, नाक, कान, घाँटी संम्वन्धि विषेशज्ञ डाक्टरहरुको उपस्थिती रहने निशुल्क स्वास्थ्य शिविर समन्वय समितीका संयोजक अग्नी पौडेलले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । पौडेलकाअनुसार शिविरमा ईटालीवाट मुटु रोग संम्बन्धि विषेशज्ञसँगै २० जनाभन्दा वढि विषेशज्ञको टोली आउने भएका छन् ।
संयोजक पौडेलले भने,“विशेषज्ञ डा. त आउँछन नै । ठुला उपकरणहरु पनि ल्याउँछौँ ।” शिविरमा चेकजाँच गर्दा जटिल खालका समस्या देखिए तत्कालै काठमाण्डौ लगेर निशुल्क उपचार गरिने भएको छ । करिब १ सय ६० प्रकारका औषधि समेत निशुल्क वितरण गर्ने भएको छ । जिल्ला अस्पतालमा हुने शिविरमा दैनिक ३ हजार बढिलाई सेवा प्रवाह गर्न सकिने आयोजकको दावी छ । प्रतिनिधिसभा सांसद योगेश भट्टराईको विषेश पहलमा शिविर संञ्चालन गर्न संम्भव बनेको हो । सेभ द हार्टका नेपाल संयोजक डाक्टर अनिल भट्टराईको अगुवाई रहेको आयोजकले वताएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख धनेन्द्र मादेनको संयोजकत्वमा स्वास्थ्य शिविर मुलआयोजक समिति गठन गरिएको छ । सो समितिमा फुङलिङ नगरपालिकाका प्रमुख तथा उपप्रमुख, जिल्लाका सवै गाउँपालिका अध्यक्ष–उपाध्यक्ष,सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख, राजनितिक दलका प्रमुख, लगायतका रहेका छन् । शिविरलाई व्यवस्थित बनाउन प्रचार प्रसार उपसमिति,आवास व्यवस्थापन उपसमिति,स्वयंम सेवक उपसमिति,शिविर स्थल व्यवस्थापन उपसमिति गठन गरिएको छ । सँघ र प्रदेशमा जिल्लाका सांसदहरु सम्मिलित अनुगमन तथा निर्देशन समिति गठन गरिएको छ ।

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

एमाले अध्यक्ष थेवेको आइसियुमा उपचार हुँदै 

ताप्लेजुङ – आश्विन १७ गते । आनन्द गौतम नेकपा एमाले जिल्ला कमिटि ताप्लेजुङका अध्यक्ष एबं संविधान सभा सदस्य भुपेन्द्र थेवे अस्पताल भर्ना भएका छन ।

RadioTaplajung

२२ महिने शिशुको हर्नियाको शल्यक्रिया गरियो

  पाँचथर ।   पाँचथरमा पहिलो पटक एक शिशुको हर्नियाको सफलतापूर्वक शल्यक्रिया गरिएको छ । फालेलुङ गाउँपालिका ७ का २२ महिने शिशुको जिल्ला सदरमुकाम

RadioTaplajung

डेंगु परीक्षण गर्ने किट सरकारसँग छैन,संक्रमण उच्च जोखिममा 

काठमाडौं,असोज ५ गते । नेपालमा डेंगु संक्रमणले महामारीको रुप लिँदा सरकारसँग भने अहिले डेंगु परीक्षण गर्ने किट सकिन लागेको छ।  स्वास्थ्य तथा