डा. भोला रिजालको टिप्सः मासिक स्रावको बेला असाध्यै पेट दुखेमा के गर्ने ?

SITENAME

डा. भोला रिजालको टिप्सः मासिक स्रावको बेला असाध्यै पेट दुखेमा के गर्ने ?
असोज १९ गते । विशेष गरि प्रजनन् उमेरका  महिलामा  यस्तो समस्या आउने गर्छ । १३-१४ वर्ष पुगेको केटी मोन्छेको ग्लान्ड उत्पन्न हुन्छ । जुन ओभरीले ग्रहण गर्छ ।

यस्तो ग्लान्डलाई कन्जुम गरेपछि वाठेघरले स्ट्रेजोजन हर्मोन उत्पादन गर्छ । अनि प्रोजेस्टेरोन हर्मोनले काम गर्न थाल्छ । अनि ती महिलामा डिम्ब निस्कने काम हुन्छ ।

डिम्ब निस्कने क्रममा पाठेघरभित्र इन्डोमेट्रियम हुन्छ । जहाँबाट रजश्वला हुन्छ ।

इन्डोमेट्रियमले स्ट्रोजन हर्मोन बढाउने काम गर्छ । जव डिम्ब निस्कन्छ अनि प्रोजेस्टोरेनले काम गर्छ । यदि महिला गर्भवति छ भने त्यस्तोउसमयमा रक्तश्राव हुँदैन । तर, गर्भवति नभएको अवस्थामा यस्तो अवस्थामाा मानिसलाई पेट दुख्ने काम गर्छ ।

बढी पीडा किन हुन्छ रु

मासिक श्रावको समयमा कसै(कसैलाई अलि कम दुख्छ भने कसै अत्याधि । यस्तो हुनुमा महिलामा भएको पाठेघरको आकारमापनि निर्भर गर्छ ।

पाठेघरभित्र जुन रजश्वला हुने ग्रन्थी हुन्छ, त्यहाँभन्दा भित्र पनि अर्को भाग हुन्छ( मायोनेटियम । यो इन्डोमेट्रियमको भित्री भागमा भएको ग्रन्थी हो ।

यसले पनि महिनावारीमा भुमिका खेलिरहेको हुन्छ । महिनावारीको समयमा मायानेटियमबाट पनि रक्तश्राव हुन्छ । तर, यहाँबाट बगेको रगत वाहिर निस्कदैन । त्यो रगत पाठेघरमै जमेर बस्छ । जसको कारण अत्याधिक पीडा हुने गर्छ । यहाँबाट जति बढी रगत बग्यो त्यति धेरै पीडा हुने गर्छ ।

के गर्ने ?

अति नै पीडा हुन्छ भने त्यसको लागि चिकित्सकसँगै जाँच गर्न जरुरी हुन्छ । यसलाई सामान्य प्रक्रियाको रुपमा लिएर हेलचक्र्याई गर्नु हुँदैन ।

दुखाई ठिकठिकै भएमा त्यति चिन्ता लिनु पर्दैन । सामान्य औषधीको प्रयोग बाट  पनि  ठिक हुन्छ । तर, कतिपय मानिस यसकै कारण फेन्ट हुने, स्कुलरकलेज जानै बन्द गर्ने पनि गर्छन् । यस्तो समस्यमा भएमा डाक्टरसँग सम्पर्क गरेर उपचारमा जुट्न जरुरी हुन्छ ।

– यस्तो दुखाईमा अन्य शारिरिक समस्याले पनि भूमिका खेलिरहेको हुन्छ । खासगरि पाठेघरको संक्रमण, माानशीक अवस्थालगायतकका कारण पनि महिनावारीको समयमा अलि बढी पेट दुख्ने गर्छ । त्यसैले उचीत कारण थाहा पाउनका लागि सम्बन्धित चिकित्सकसँगै परामर्श गर्न जरुरी हुन्छ ।
अनलाइनखबर डट कम

प्रतिकृया दिनुहोस
SITENAME

ताप्लेजुङमा निशुल्क स्वास्थ्य शिविर

ताप्लेजुङमा निशुल्क स्वास्थ्य शिविर रेडियो ताप्लेजुङ,असोज २१ गते  । जिल्लामा आगामी कात्र्तिक १६ र १७ गते मुटु रोग सहित विभिन्न जटिल रोग संम्वन्धी

SITENAME

ताप्लेजुङमा ग्रामिण भेगका सर्वसाधारणको अस्पताल नै नपुगी जान्छ ज्यानः उडेर जाउ मौसम बाधक,गुडेर जाउ सडक छैन्

ताप्लेजुङमा ग्रामिण भेगका सर्वसाधारणको अस्पताल नै नपुगी जान्छ ज्यानः उडेर जाउ मौसम बाधक,गुडेर जाउ सडक छैन् रेडियो ताप्लेजुङ,असोज ११ गते । भौगोलिक

ताप्लेजुङ जिल्ला अस्पताललाई ‘एचबिएवानसी एनलाइजर’ मेसिन प्रदान

ताप्लेजुङ जिल्ला अस्पताललाई ‘एचबिएवानसी एनलाइजर’ मेसिन प्रदान रेडियो ताप्लेजुङ,साउन १८ गते । शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको