ताजा खबर

सुशासन र आर्थिक विकास नै सरकारको मूल लक्ष्य हो : प्रम ओली

RadioTaplajung

सुशासन र आर्थिक विकास नै सरकारको मूल लक्ष्य हो : प्रम ओली
  असोज २, प्रधानमन्त्री केपी ओलीले सुशासन र आर्थिक विकास नै सरकारको मूल लक्ष्य रहेको बताउनु भएको छ ।

प्रधानमन्त्री ओलीले मुलुकलाई सुशासन र आर्थिक विकासको बाटोमा अघि बढाउने गरी शैक्षिक नीति तथा कार्यक्रम तय गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।

मंगलबार त्रिभुवन विश्वविद्यालय सभाको साधारण सभालाई सम्बोधन गर्दै उहाँले मुलुकलाई समृद्ध बनाउन आवश्यक शिक्षित, सक्षम र दक्ष जनशक्ति बनाउने गरी शैक्षिक नीति तथा कार्यक्रम बनाउनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । त्रिभुवन विश्वविद्यालयका कूलपतिसमेत रहनु भएका प्रधानमन्त्री ओलीले मानव उचित सभ्य र सुसंस्कृत समाज निर्माण हुने गरी राज्यले शैक्षिक नीति लिनुपर्ने पनि स्पष्ट पार्नुभयो ।

उहाँले मुलुकलाई सुशासन र आर्थिक उन्नतिको बाटोमा अघि बढाउनुको विकल्प नरहेको उल्लेख गर्दै सबै क्षेत्रलाई सो लक्ष्य हासिल हुने गरी अघि बढ्न पनि आह्वान गर्नुभयो ।  

प्रधानमन्त्री ओलीले दिगो विकास लक्ष्य हासिल हुने गरी अघि बढन पनि त्रिभुवन विश्वविद्यालयलाई सचेत गराउनुभयो । उहाँले सन् २०३० भित्र दिगो विकास लक्ष्य हासिल गरिसक्ने प्रतिवद्धता नेपालले पनि जनाएकाले सोही अनुसारको काम, कार्वाही अघि बढाउन पनि विश्वविद्यालयका पदाधिकारीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले त्रिभुवन विश्वविद्यालयले अपेक्षित प्रगति गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भयो ।

उहाँले विश्वविद्यालयका पदाधिकारीको नियुक्ति कार्यक्षमताको आधारमा गर्ने उल्लेख गर्दै परिवर्तित समयलाई सम्बोधन हुने गरी काममा लाग्न पनि विश्वविद्यालय पदाधिकारीलाई सचेत गराउनुभयो ।

त्रिभुवन विश्वविद्यालयका सहकूलपति समेत रहनुभएका मन्त्री पोखरेलले विश्वविद्यालयलाई तदर्थवादको रुपमा चलाउन नहुने पनि स्पष्ट पार्नु भयो ।
उज्यालोअनलाईनबाट साभार

प्रतिकृया दिनुहोस
RadioTaplajung

राजनीतिक गठबन्धन होइन,समिकरण होः भट्टराई

रेडियो ताप्लेजुङ । बैसाख २२ गते । प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री योगेश कुमार भट्टराईले बर्तमान सरकार राजनीतिक गठबन्धन नभएको बताएको छन् ।

एमाले अधिबेशनका लागि शुक्रबार प्रतिनिधि चयन 

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । नेकपा एमालेको १२औं जिल्ला अधिबेशन सुरु हुने तीन दिनअघि शुक्रबार वडा– वडावाट प्रतिनिधि चयन हुँदैछ । जिल्ला कमिटिमा

RadioTaplajung

सर्बपक्षीय सहमति नभई केवलकार निर्माण कार्य अघि नबढाउन चेतावनी

रेडियो ताप्लेजुङ,फल्गुण ११ गते।  नेत्रविक्रम चन्द( विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सर्वपक्षीय सहमति नभई पाथिभरा क्षेत्रमा