ताजा खबर

संविधान दिवसमा बजारको सरसफाइ

RadioTaplajung


 ताप्लेजुङ,असोज २ गते । ताप्लेजुङमा संविधान दिवसका कार्यक्रम सुरु भएका छन् । दिवसको अवसरमा आज सदरमुकाम फुङलिङ बजारमा सरसफाइ गरिएको छ । जिल्ला समन्वय समिति, फुङलिङ नगरपालिका, जिल्ला प्रशासन  र वन कार्यालयको अगुवाईमा सरसफाई गरिएको हो । बजारको तोक्मेडाँडाबाट दोबाटो, कोप्चे, विरेन्द्रचोक, सानो पाथिभरा मन्दिर, अस्पताललाईनसम्मको फोहोर संकलन गरेर व्यवस्थापन गरिएको छ । कार्यक्रममा जिसस प्रमुख धनेन्द्र मादेन, नगरप्रमुख छत्रपति प्याकुरेल, नगर उपप्रमुख बमबहादुर भट्टराई, प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी सहित कार्यलय प्रमुख, कर्मचारी र स्थानीय सहभागी थिए । संकलित दुई ट्रयाक्टर फोहोरलाई नगरपालिकाले व्यवस्थापन गरेको छ । डिभिजन वन कार्यालयको वातावरण सरसफाई महाअभियान अन्तर्गतको सरसफाई कार्यक्रम पनि सोहि अवसरमा गरिएको छ । आजको कार्यक्रममा सहभागिको माक्स, पञ्जा, झाडुको व्यवस्था वन कार्यालयले गरेको हो । संविधान दिवसको कार्यक्रम पनि परेकाले संयुक्त रुपमा सरसफाई गरिएको सहायक वन अधिकृत सोमेश्वरकुमार दासले बताए । फुङलिङ बजारमा विभिन्न सामाजिक कार्यमा सक्रिय युवाहरुको समुह सोसियल युथ गाइज्को नियमित सरसफाई कार्यक्रम पनि सोहि अवसरमा गरिएको गाइज्का सदस्य अनिल यवागुले बताए । २०७२ असोज ३ गते नेपालको संविधान जारि भएको दिनलाई संविधानको रुपमा मनाउने गरिन्छ । प्रदेश सरकारको निर्देशनअनुसार असोज २, ३ र ४ गते दिवस मनाउने निर्णय गरिएको जिसस प्रमुख मादेनले बताए । साथै जिल्लाका आठ वटै गाउँपालिकाले पनि संविधान दिवसको अवसरमा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेका छन् ।  

प्रतिकृया दिनुहोस

एमाले अधिबेशनका लागि शुक्रबार प्रतिनिधि चयन 

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । नेकपा एमालेको १२औं जिल्ला अधिबेशन सुरु हुने तीन दिनअघि शुक्रबार वडा– वडावाट प्रतिनिधि चयन हुँदैछ । जिल्ला कमिटिमा

RadioTaplajung

ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को प्रधानमन्त्री दाहाललाई निम्तो

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को विहिबार निम्तो ग्रहण गर्नुभएको छ ।

RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम