ताजा खबर

प्रकाण्डलाई थुनामुक्त गर्न सर्वोच्चमा फेरि रिट दायर

RadioTaplajung

प्रकाण्डलाई थुनामुक्त गर्न सर्वोच्चमा फेरि रिट दायर
 असोज १ गते । नेत्रविक्रम चन्द निकट नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण निवेदन दर्ता भएको छ । विश्वकर्माका तर्फबाट उहाँका भाइ वीरेन्द्र विश्वकर्माले आज बन्दीप्रत्यक्षीकरणको आदेशमार्फत थुनामुक्त गरी पाउँ भनेर निवेदन दर्ता गराएको सर्वोच्चका सहायक प्रवक्ता नगेन्द्र कालाखेतीले जानकारी दिनुभयो ।

निवेदनमा एउटै विषयमा पूर्ण अनुसन्धान नै नगरी पटकपटक फरकफरक विषय उठाई थुनामा राखिएकाले बन्दीप्रत्यक्षीरकरणको आदेशमार्फत रिहा गर्न भनिएको छ । योसँगै उहाँका भाइ वीरेन्द्रले पाँचौँपटक विश्वकर्माको रिहाइको माग गर्दै बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराउनुभएको हो ।

यसअघि सर्वोच्चले बन्दीप्रत्यक्षीकरणको निवदेनमा विश्वकर्मालाई भदौ १, ७, १८ र २९ गते सर्वोच्चले छाड्न आदेश दिएको थियो । यसअघिको विश्वकर्माको निवेदनमाथि आदेश दिँदै सर्वोच्चले सरकारलाई सर्वोच्चको आदेशलाई मर्यादित र पालना गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको थियो । रासस

प्रतिकृया दिनुहोस
RadioTaplajung

राजनीतिक गठबन्धन होइन,समिकरण होः भट्टराई

रेडियो ताप्लेजुङ । बैसाख २२ गते । प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री योगेश कुमार भट्टराईले बर्तमान सरकार राजनीतिक गठबन्धन नभएको बताएको छन् ।

एमाले अधिबेशनका लागि शुक्रबार प्रतिनिधि चयन 

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । नेकपा एमालेको १२औं जिल्ला अधिबेशन सुरु हुने तीन दिनअघि शुक्रबार वडा– वडावाट प्रतिनिधि चयन हुँदैछ । जिल्ला कमिटिमा

RadioTaplajung

सर्बपक्षीय सहमति नभई केवलकार निर्माण कार्य अघि नबढाउन चेतावनी

रेडियो ताप्लेजुङ,फल्गुण ११ गते।  नेत्रविक्रम चन्द( विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सर्वपक्षीय सहमति नभई पाथिभरा क्षेत्रमा