ताजा खबर

मोदी र प्रचण्डबीच भेटवार्ता, सगरमाथाको पानीबाट ‘मिनरल वाटर’ बनाउन छलफल

RadioTaplajung

मोदी र प्रचण्डबीच भेटवार्ता, सगरमाथाको पानीबाट ‘मिनरल वाटर’ बनाउन छलफल
भदौ २४ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्तामा भएको छ ।

भारत भ्रमणमा रहेका प्रचण्डले शनिबार दिउँसो मोदीसँग भेटवार्ता गरेका हुन् । भेटमा पछिल्लो समयमा भएका दुई प्रधानमन्त्रीका भ्रमणका क्रममा भएका सहमति, दुई देशको आपसी हित र विकास निर्माणबारे छलफल भएको थियो ।

नेपाल र भारतमा भएका शक्तिपीठहरुको एक वृहत्तर सर्किट बनाउने र सगरमाथाको पानीलाई मिनरल वाटरको रुपमा विश्वभरी लैजान सहकार्य गर्नेबारे पनि कुराकानी भएको प्रचण्डको निजी सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

प्रचण्डले आफू प्रधानमन्त्रीका रुपमा भ्रमणमा आउँदा भएका सहमतिहरु पनि स्मरण गराएका छन् । ‘कास्कीमा पोलिटेक्निकल इस्टिच्युट स्थापना गर्न भारत सरकारले सहयोग गर्ने भन्ने बिषयमा पनि कुराकानी भएको छ’ प्रेस नोटमा भनिएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले शनिबार नै भारतीय विदेश मन्त्री सुषमा स्वराज र भारतीय कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री मनमोहन सिंहसँग भेट गरेका छन् ।

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

राजनीतिक गठबन्धन होइन,समिकरण होः भट्टराई

रेडियो ताप्लेजुङ । बैसाख २२ गते । प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री योगेश कुमार भट्टराईले बर्तमान सरकार राजनीतिक गठबन्धन नभएको बताएको छन् ।

एमाले अधिबेशनका लागि शुक्रबार प्रतिनिधि चयन 

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । नेकपा एमालेको १२औं जिल्ला अधिबेशन सुरु हुने तीन दिनअघि शुक्रबार वडा– वडावाट प्रतिनिधि चयन हुँदैछ । जिल्ला कमिटिमा

RadioTaplajung

सर्बपक्षीय सहमति नभई केवलकार निर्माण कार्य अघि नबढाउन चेतावनी

रेडियो ताप्लेजुङ,फल्गुण ११ गते।  नेत्रविक्रम चन्द( विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सर्वपक्षीय सहमति नभई पाथिभरा क्षेत्रमा