झाँक्री हत्याको आरोपमा २४ जना थुनामा
झाँक्री हत्याको आरोपमा २४ जना थुनामा
भदौ १३ गते । धादिङ – जिल्ला अदालत धादिङले गङगाजमुना गाउँपालिका–२ लताब गाउँका झाँक्री र उनका सहयोगीलाई कुटपिट गरी हत्या गरेको आरोपमा पुर्पक्षका लागि २४ जनालाई थुनामा राख्न आदेश दिएको छ ।
जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले प्रहरीले पक्राउ गरी अनुसन्धानपछि जिल्ला अदालतमा पेश गरिएका २८ जनामध्ये २४ जनालाई पुर्पक्षका लागि थुनामा राख्न र चार जनालाई साधारण तारेखमा छाड्न आदेश दिइएको जिल्ला अदालतका स्रेस्तेदार उदयराज काफ्लेले मंगलबार जानकारी दिनुभयो ।
हत्यामा सङ्लग्न दुई जना अझै परार रहेको बताइएको छ । टुनामुना गरी गाउँवासीलाई दःुख दिएको आरोपमा ६० वर्षीय साइला भन्ने प्लेक तामाङ र सोही स्थानका नरुङ तामाङलाई गाउँलले कुटपिट गरी हत्या गरिएको थियो ।
कुटपिटबाट मृत्यु भएका दुबैजनालाई गाउँलेले साउन ५ गते जलाएका थिए । प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले साउन ७ गते उनीहरुलाई पक्राउ गरी हिरासतमा लिएको थियो । उज्यालो अनलाइन,रासस
ताप्लेजुङका प्रमूख जिल्ला अधिकारी आचार्य नेतृत्वको टोली उत्तरी सिमा अवलोकन गर्न प्रस्थान
रेडियो ताप्लेजुङ । बैसाख २१ गते । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी रविन्द्र प्रसाद आचार्य नेतृत्वको सुरक्षा अधिकारीहरुको टोली विहिबार
पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम
ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम
फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु
प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक
प्रतिकृया दिनुहोस