ताजा खबर

तेश्रो पाथीभरा गोल्डकप २०७५ः दर्शकका लागि बन्दैछ अस्थायी बासको प्याराफिट !

RadioTaplajung

तेश्रो पाथीभरा गोल्डकप २०७५ः दर्शकका लागि बन्दैछ अस्थायी बासको प्याराफिट !
देवराज गुरुङ,रेडियो ताप्लेजुङ,भदौ १ गते । आगामी भदौ ८ गतेदेखि हुने ‘तेश्रो पाथीभरा गोल्डकप फुटवल प्रतियोगीता’ अवलोकन गर्न अस्थायी बासको प्याराफिट निर्माण जारी छ । प्याराफिट निर्माण अन्तिम चरणमा रहेको छ । विगत वर्षको तुलनामा यसवर्ष भानु जन माध्यमिक विद्यालयको मैदान राम्रो पाइएको छ । प्याराफिट क्षमता एक पटकमा करिब ८ हजार दर्शक बस्न सक्ने गरि निर्माण हुनेछ । मैदानको पश्चिम, दक्षिण र पूर्वी भागमा अस्थायी प्याराफिट बन्ने भएको छ ।
यसवर्ष पुरस्कार राशि समेत वृद्धि गरेको छ । उपाधि विजेतालाई ३ लाख १ हजार १ सय ११ र उप–विजेतालाइ १ लाख ५१ हजार १ सय ११ रुपैंया दिने निर्णय गरेको हो ।  यसअघि विजेतालाई २ लाख ५१ हजार र उपविजेतालाई १ लाख ११ हजार दिने निर्णय गरिएको थियो ।
प्रत्येक दिन हुने खेलका म्यान अफ दि म्याच खेलाडीले ५ हजार प्राप्त गर्ने छन । ९ खेलमा प्रत्येक म्याचको ५ हजारको दरले पुरस्कार सौजन्य पाथीभरा मोटरसाइकल वर्कसप तथा वजाज सोरुमले गरेको छ । म्यान अफ दि म्याच वापत ४५ हजार र वोर्ड तथा अन्य सामाग्रीसहित ७० हजार बढि खर्च हुने प्रोपाईटर संञ्जय पतङवाले जानकारी दिए ।
यो प्रतियोगीता लाखेजात्राको अवसरमा २०२९ सालदेखि प्रत्येक वर्ष हु“दै आएको छ । २०७३ सालदेखि पाथीभराको समेत प्रचार गर्ने उद्धेश्यले नाम परिवर्तन गरेर ‘पाथीभरा गोल्डकप’ नामाकरण गरिएको हो ।  प्रतियोगीतामा १० टिम सहभागी छन् । नेपालका ए डिभिजन क्लबसहित भारतीय टिमको समेत सहभागीता रहेको आयोजक लाखेजात्रा खेल संञ्चालन समिति अध्यक्ष मोती पतङ्वाले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस

एमाले अधिबेशनका लागि शुक्रबार प्रतिनिधि चयन 

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । नेकपा एमालेको १२औं जिल्ला अधिबेशन सुरु हुने तीन दिनअघि शुक्रबार वडा– वडावाट प्रतिनिधि चयन हुँदैछ । जिल्ला कमिटिमा

RadioTaplajung

ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को प्रधानमन्त्री दाहाललाई निम्तो

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को विहिबार निम्तो ग्रहण गर्नुभएको छ ।

RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम