एसियाली खेलकुदमा फेरि हार्यो नेपाल, भियतनामसँग २–० ले पराजित
एसियाली खेलकुदमा फेरि हार्यो नेपाल, भियतनामसँग २–० ले पराजित
साउन ३१ गते । एसियन गेम्स अन्तर्गत पुरुष फुटबलमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । हारसँगै नेपालको दोस्रो चरणमा प्रवेश गर्ने सम्भावना न्यून रहेको छ ।
इन्डोनेसियाको सिकाराङमा भएको खेलमा नेपाल भियतनामसँग दुई–शून्य गोलले पराजित भयो । पहिलो खेलमा जापानसँग एक–शून्यले पराजित भएको नेपालले भियतनामसँग राम्रो खेल्न सकेन । पहिलो आधा घण्टा नेपालले विपक्षीलाई गोलरहित बराबरीमा रोकेको थियो । तर ३४ औं मिनेटमा भियतनामले खेलमा अग्रता बनायो ।
नेपाली डिफेन्सको कमजोरीका फाइदा उठाउँदै गुयन अनले गोल गर्न सफल भए । पहिलो हाफमा एक गोलले पछि परेको नेपालले दोस्रो हाफमा पनि खासै राम्रो खेल्न सकेन । त्यसका विपरित भियतनामले नेपालमाथि दबाब कायमै राख्यो । ६४ औं मिनेटमा फान भानले भियतनामका लागि गोल गर्दै अग्रता दुई–शून्यमा पुर्याए ।
त्यसपछि नेपाल खेलमा फर्कन सकेन । दोस्रो हाफको अन्तिमतिर नेपालले दुई वटा मुभ बनाए पनि गोल गर्न भने सकेन । यो हारपछि नेपाल नकआउटमा पुग्ने सम्भावना लगभग समाप्त भएको छ । अब नेपालले अन्तिम खेलमा पाकिस्तानसँग खेल्नेछ । त्यो खेलमा जित निकालेमा नेपाल उत्कृष्ट तेस्रो टिमका रुपमा नकआउट चरणमा पुग्ने सम्भावना बाँकी हुनेछ ।
यदि पराजित भएमा पाकिस्तानलाई त्यो मौका आउनेछ । यता पाकिस्तानले पनि लगातार दुई खेलमा हार व्यहोरिसकेको छ । स्रोतःउज्यालो अनलाइन
पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम
रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी
एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर
फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा
प्रतिकृया दिनुहोस