एसियाली खेलकुद स् नेपाल जापानसँग १–० ले पराजित
एसियाली खेलकुद:नेपाल जापानसँग १–० ले पराजित
साउन ३० गते । एसियाली खेलकुद अन्तर्गत मंगलबार भएको फुटबलमा नेपाल एसियाली पावरहाउस जापानसँग १–० गोल अन्तरले पराजित भएको छ ।
एसियाली खेलकुद औपचारिक रुपमा १८ अगस्टदेखि सुरु भए पनि फुटबल खेल भने सुरु भइसकेको छ । आज इण्डोनेसियाको सिकाराङस्थित विबावा मुक्ति रंगशालामा भएको खेलमा नेपालले पहिलो हाफको ७औं मिनेटमा गोल खाएको थियो । जापानका लागि मिटोमा काउरुले गोल गरेका थिए । नेपाल भन्दा बलियो जापानले पटकपटक पोस्ट चार्ज गरे पनि नेपालका किपर किरन चेम्जोङले उत्कृष्ट बचाउ गरेका थिए ।
एसियाली खेलकुदमा यू–२३ टिम खेल्ने गरेको छ । जसमा ३ जना बढी उमेर समूहका खेलाडी पनि समावेश गर्न पाउने प्रावधान अनुसार नेपालको कप्तानी गोलकिपर किरन चेम्जोङले गरेका छन् । स्रोतःउज्यालो अनलाइन
अन्तरपालिका स्तरीय चौथो मेयर कपमा २ खेल सम्पन्न
प्रिशा बस्नेत , ताप्लेजुङ , जेष्ठ ३ गते आज बाट सुरु भएको ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को अवसरमा सञ्चालित अन्तरपालिका स्तरीय चौथो मेयर कप पुरुष
पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम
रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी
प्रतिकृया दिनुहोस