ताजा खबर

तीन वर्षमा चार हजार किलो सुन तस्करी

RadioTaplajung

तीन वर्षमा चार हजार किलो सुन तस्करी
साउन २९ गते । नेपालमा पछिल्लो तीन वर्षयता मात्रै झण्डै ४ हजार किलो सुन तस्करी भएको खुलासा भएको छ ।

गृहमन्त्री रामबहादुर थापाले पछिल्लो तीन वर्षयता मात्रै झण्डै ४ हजार किलो सुन नेपालका तस्करी भएको जानकारी दिनु भएको हो । उहाँले मंगलबार संघीय संसद दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै सुन तस्करीमा संलग्न समूहलाई पनि कारबाहीको दायरामा ल्याइएको खुलासा गर्नुभयो ।

गृहमन्त्री थापाले नेपालमा सुन तस्करी हुने मुख्य ठाउँ भने दुबई रहेको पनि छानबिनबाट पत्ता लगाइएको बताउनुभयो । ३३ किलो सुन तस्करीका लागि गठित छानबिन समितिले सुन तस्करीमा संलग्न ठूलै तस्करलाई पनि छानबिनको दायरामा ल्याएको गृहमन्त्री थापाको दाबी छ ।

गृहमन्त्री थापाले सुन तस्करीको सञ्जाल ध्वस्त पार्न सरकार सफल भएको दाबी गर्नुभयो । गृहमन्त्री थापाले सरकारले संघीयता अनुसार प्रहरीको संरचनाको कामलाई अघि बढाइएको जानकारी दिनुभयो । उहाँले प्रहरीको सरुवा, बढुवा मापदण्ड बनाएर गर्ने कामको सुरुवात आफूले गरेको दाबी गर्नुभयो । विगतमा प्रहरीको सरुवा, बढुवामा राजनीति हुने गरेको उल्लेख गर्दै गृहमन्त्री थापाले अब त्यसो हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

गृहमन्त्री थापाले सडकलगायतका पूर्वाधार निर्माणको काममा ढिलाई गर्ने ठेकेदारहरुलाई कारबाही गर्ने कामलाई पनि सरकारले निरन्तरता दिइरहेको पनि बताउनुभयो । स्रोतःउज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
RadioTaplajung

ताप्लेजुङका प्रमूख जिल्ला अधिकारी आचार्य नेतृत्वको टोली उत्तरी सिमा अवलोकन गर्न प्रस्थान

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी रविन्द्र प्रसाद आचार्य नेतृत्वको सुरक्षा अधिकारीहरुको टोली विहिबार

RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक