ताजा खबर

हुम्लामा हेलिकोप्टरसँग सेल्फी खिच्न खोज्दा ज्यान गयो

RadioTaplajung

हुम्लामा हेलिकोप्टरसँग सेल्फी खिच्न खोज्दा ज्यान गयो
साउन २९ गते । सेल्फी खिच्ने क्रममा हेलिकोप्टरको पंखाले लागेर हुम्लामा एक भारतीय नागरिकको मृत्यु भएको छ। सिमिकोटबाट उडेको हेलिकोप्टर हिल्सामा अवतरण गरिसकेपछि पंखाले लागेर भारतीय नागरिकको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार भारतीय नागरिक नगेन्द्रकुमार कार्तिक मेहताको घटनास्थलमै मृत्यु भएको हो।  भारतको महाराष्ट्रस्थित मुम्बईका मेहता मानसरोवर दर्शनका लागि हेलिकोप्टरमा हिल्सा पुगेका थिए।

हेलिकोप्टर अवतरण गरिसकेपछि सेल्फी खिच्ने क्रममा पछाडिको पंखाले लागेर उनको मृत्यु भएको हो।  जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीले हेलिकोप्टरको पंखा ९तेल रोटर०ले लागेर उनको मृत्यु भएको बताए। मेहता सेल्फी खिच्न हेलिकोप्टको पछिल्लो भाग नजिक पुगेका थिए।

सोहीक्रममा पछाडिको पंखाले लागेको सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलले जानकारी दिए। मनाङ एयरको ‘९एन अल्फा माइक भिक्टर’ कल साइनको होलिकोप्टरको पंखाले लागेर ४२ वर्षीय मेहताको मृत्यु भएको हो। हेलिकोप्टरमा गएका अन्य पाँच यात्रु सकुसल छन्।

मेहता मानसरोबर यात्रामा जाँदै थिए। स्रोतःअन्नपुर्ण पोस्ट

प्रतिकृया दिनुहोस
RadioTaplajung

ताप्लेजुङका प्रमूख जिल्ला अधिकारी आचार्य नेतृत्वको टोली उत्तरी सिमा अवलोकन गर्न प्रस्थान

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी रविन्द्र प्रसाद आचार्य नेतृत्वको सुरक्षा अधिकारीहरुको टोली विहिबार

RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक