ताजा खबर

विराटनगर महानगरपालिकाको कार्यालयमा बम बिस्फोट, ६ जना नियन्त्रणमा

RadioTaplajung

विराटनगर महानगरपालिकाको कार्यालयमा बम बिस्फोट, ६ जना नियन्त्रणमा
साउन २७ गते । विराटनगर महानगरपालिकाको कार्यालयमा बम विस्फोट भएको छ । मेयर भीम पराजुलीको कार्यकक्ष अगाडिको प्यासेजमा बम विष्फोट भएको हो । बिस्फोटबाट कोही पनि घाइते नभएको बताइएको छ ।
बिस्फोट कसले गरायो भन्ने थाहा हुन सकेको छैन।बम बिस्फोट हुँदा मेयरको कार्यकक्षमा उपमेयर इन्दिरा कार्की लगायत केही वडा अध्यक्षहरु उपस्थित थिए।

विस्फोटको घोर भर्त्सना गर्दै मेयर पराजुलीले संविधान र वर्तमान राज्य संरचना नमान्नेहरुले विस्फोट गराएको हुनसक्ने बताए।

आफूलाई कुनैपनि पक्षबाट धम्की नआएको उल्लेख गर्दै उनले जनताका प्रतिनिधि बसेर जनताकै काम गर्नेलाई लक्षित गरी विस्फोट गराउनु घोर निन्दनीय भएको बताए। विस्फोटको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन। अहिले महानगरपालिकाको आकस्मिक बोर्ड बैठक बसिरहेको छ।
यसैबीच विस्फोट नेत्रविक्रम चन्द समूहका माओवादी कार्यकर्ताले गराएको आशंका गरिएको छ। २९ गते नेपाल बन्दलाई सफल पार्न आइतबार र सोमबार उनीहरुको प्रचारात्मक कार्यक्रम रहेकाले यो विष्फोट उनीहरुले नै गरेको आशंका गरिएको छ।

तर यसलाई मोरङ प्रहरीले आधिकारीक रुपमा पुष्टी गरेको छैन। विस्फोटमा संलग्न भएको आशंकामा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक मनोज केसीले बताए। तर उनीहरुको नाम सार्वजनीक गरिएको छैन। स्रोतःई कान्तिपुर

प्रतिकृया दिनुहोस
RadioTaplajung

ताप्लेजुङका प्रमूख जिल्ला अधिकारी आचार्य नेतृत्वको टोली उत्तरी सिमा अवलोकन गर्न प्रस्थान

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी रविन्द्र प्रसाद आचार्य नेतृत्वको सुरक्षा अधिकारीहरुको टोली विहिबार

RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक