ताजा खबर

विधेयकमा सहमति भएन, संसद बैठक एक हप्ता पछि सर्‍यो

RadioTaplajung

विधेयकमा सहमति भएन, संसद बैठक एक हप्ता पछि सर्‍यो
साउन ४ गते । चिकित्सा शिक्षा विधेयकमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबीच सहमति हुन नसक्दा प्रतिनिधिसभाको बैठक एक हप्ता पछि सरेको छ ।

सत्तारुढ दल नेकपाले विधेयक माथेमा प्रतिवेदनको भावनाअनुसार नै संसदमा प्रस्तुत् भएको दाबी गरेको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विधेयक आफ्नो सरकारको पालामा जारी भएको अध्यादेशको भावनाअनुरुप नभएको भन्दै संसदमा पेस गर्नसमेत दिएको छैन ।

तर, सदनको बिहीबारको बैठकको दैनिक कार्यसूचीमा चिकित्सा शिक्षा विधेयक २०७५ प्रस्तुत् गर्ने कार्यक्रम थिएन । दैनिक कार्यसूचीमा सो विधेयक प्रस्तुत् गर्ने कार्यक्रम नहुँदा पनि संसदको बैठक बस्न सकेन ।

बिहीबारको दैनिक कार्यसूचीमा अर्थमन्त्री डा। युवराज खतिवडाले बिमा विधेयक, २०७५ प्रस्तुत् गर्ने कार्यक्रम रहेको थियो ।

शिक्षा तथा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विधेयक फिर्ता नहुने तर सहमतिका लागि प्रयास जारी रहने बताएका छन् ।

सदन बस्न नसकेपछि सूचना टाँस गरी एक हप्ताका लागि पछि सारिएको हो ।

संसदको अर्को बैठक यही साउन ११ गते दिनको १ बजे बस्नेछ । रासस

प्रतिकृया दिनुहोस
RadioTaplajung

राजनीतिक गठबन्धन होइन,समिकरण होः भट्टराई

रेडियो ताप्लेजुङ । बैसाख २२ गते । प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री योगेश कुमार भट्टराईले बर्तमान सरकार राजनीतिक गठबन्धन नभएको बताएको छन् ।

एमाले अधिबेशनका लागि शुक्रबार प्रतिनिधि चयन 

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । नेकपा एमालेको १२औं जिल्ला अधिबेशन सुरु हुने तीन दिनअघि शुक्रबार वडा– वडावाट प्रतिनिधि चयन हुँदैछ । जिल्ला कमिटिमा

RadioTaplajung

सर्बपक्षीय सहमति नभई केवलकार निर्माण कार्य अघि नबढाउन चेतावनी

रेडियो ताप्लेजुङ,फल्गुण ११ गते।  नेत्रविक्रम चन्द( विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सर्वपक्षीय सहमति नभई पाथिभरा क्षेत्रमा