ताजा खबर

ताप्लेजुङका जनप्रतिनिधिले ११ महिनाको पारिश्रामिक एकमुष्ट बुझे,मेयरको भन्दा उपमेयरको पारिश्रामिक ३ हजार बढि

ताप्लेजुङका जनप्रतिनिधिले ११ महिनाको पारिश्रामिक एकमुष्ट बुझे,मेयरको भन्दा उपमेयरको पारिश्रामिक ३ हजार बढि
रेडियो ताप्लेजुङ,असार ३२ गते । जिल्लाका निर्बाचित जनप्रतिनिधिले एक बर्षपछि पारिश्रामिक बुझेका छन । सपथग्रहण गरेपछिको पारिश्रमिक एकमुष्ट बुझेका हुन । जिल्ला समन्वय समितिका संयोजक,उपसंयोजक र सदस्य समेतलाई गरि एक मुष्ट १७ लाख १३ हजार रुपैया बैंक खातामा हालिदिएको जिल्ला समन्वय अधिकारी नरहरी भण्डारीले वताए । भण्डारीका अनुसार प्रदेश सरकारले स्विकृत गरेको निर्देसिका अनुसारको रकम निकासा दिइएको हो ।
यता फुङलिङ नगरपालिकाका मेयर, उपमेयर वडाध्यक्ष र सदस्यहरुले समेत गरी ६० लाख रुपैंया पारिश्रमिक दिइएको छ । ११ महिनापछि पारिश्रमिक बुझ्दा उनिहरुले दशैं खर्चपनि प्राप्त गरेका छन । दशैं खर्चवापत सबैलाइ १० हजारका दरले उपलब्ध गराइएको नगरपालिकाका प्रशासकिय अधिकृत श्रवण कुमार पोख्रेलले वताए ।
प्रदेश सरकारले बैठक भब बाहेक जिल्ला समन्वय समिति संयोजकलाई ३० हजार उपसंयोजकलाइ २८ हजार र सदस्यहरुलाइ १४ हजारकादरले उपलब्ध गराउने निर्णय गरेको छ । ताप्लेजुङमा नगरपालिकाका मेयरले २३ हजार उपमेयरले २६ हजार वडाध्यक्षले १४ हजार र कार्यपालिका सदस्य तथा वडा सदस्यले ६ हजार ५ सयरका दरले बुझेका छन । सबैको बैंक खातामा रकम हालिएको नगरपालिकाले जनाएको छ । उपमेयरलाई गाडी सुविधा नभएकाले मेयरको भन्दा ३ हजार बढि पारिश्रामिक उपलब्ध गराईएको नगरपालिकाले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

एमाले अधिबेशनका लागि शुक्रबार प्रतिनिधि चयन 

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । नेकपा एमालेको १२औं जिल्ला अधिबेशन सुरु हुने तीन दिनअघि शुक्रबार वडा– वडावाट प्रतिनिधि चयन हुँदैछ । जिल्ला कमिटिमा

RadioTaplajung

ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को प्रधानमन्त्री दाहाललाई निम्तो

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को विहिबार निम्तो ग्रहण गर्नुभएको छ ।

RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम