ताजा खबर

कांग्रेसद्वारा संसद अवरुद्ध, डा. केसीको जीवनरक्षा गर्न माग

RadioTaplajung

कांग्रेसद्वारा संसद अवरुद्ध, डा. केसीको जीवनरक्षा गर्न माग
असार २३ गते ।  डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै प्रमुख विपक्षी दल कांग्रेसले संसद अवरुद्ध गरेको छ ।

कांग्रेसले शुक्रबार नै डा। केसीको जीवन रक्षा गर्न माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ । त्यसमा चिकित्सा शिक्षा अध्यादेशको हुबहु विधेयक ल्याउनु पर्ने माग गरिएको थियो ।

तर, कार्यसूचीमा नपरेपछि बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले उठेर विरोध जनाए ।

सभामुखले समय दिएपछि प्रमुख सचेतक बालकृष्ण खाँडले डा। केसीको स्वास्थ्य अवस्था गम्भीर भएको शुक्रबार नै छलफल गर्नु पर्ने बताए । नभए सदन अघि बढ्न नसक्ने बताए ।

सभामुख कृष्णबहादुर महराले संसद नियमावलीको नियम ७१ को ३ अनुसार मन्त्रीसँग परामर्श गरेर छलफलको दिन तोक्ने आश्वासन दिए । साथै सदन सुचारु गर्न सहयोग मागे ।

तर, कांग्रेस सांसदहरुले डा.केसीको स्वास्थ्य अवस्था गम्भीर भएको भन्दै सदन अवरुद्ध गरिरहे ।

आधा घन्टालाई स्थगित भएपछि बसेको अर्को बैठक पनि कांग्रेस सांसदहरुले अवरुद्ध गरेका छन् ।

जरुरी सार्वजनिक महत्वको प्रस्तावका प्रस्तावक दिलेन्द्र बडूले डा. केसीको जीवनरक्षाको गम्भीर प्रश्नमा सरकार गम्भीर नभएको भन्दै संसदको कारबाही अघि बढ्न नसक्ने बताए ।

सभामुखले सदनको ध्यानाकर्षण भएको र अर्को बैठकमा सरकारले जावाफ दिने भन्दै बस्न आग्रह गरे ।

तर, कांग्रेस सांसदहरुले बस्न नमानेपछि २५ गतेसम्मका लागि संसद बैठक स्थगित भएको छ ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

राजनीतिक गठबन्धन होइन,समिकरण होः भट्टराई

रेडियो ताप्लेजुङ । बैसाख २२ गते । प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री योगेश कुमार भट्टराईले बर्तमान सरकार राजनीतिक गठबन्धन नभएको बताएको छन् ।

एमाले अधिबेशनका लागि शुक्रबार प्रतिनिधि चयन 

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । नेकपा एमालेको १२औं जिल्ला अधिबेशन सुरु हुने तीन दिनअघि शुक्रबार वडा– वडावाट प्रतिनिधि चयन हुँदैछ । जिल्ला कमिटिमा

RadioTaplajung

सर्बपक्षीय सहमति नभई केवलकार निर्माण कार्य अघि नबढाउन चेतावनी

रेडियो ताप्लेजुङ,फल्गुण ११ गते।  नेत्रविक्रम चन्द( विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सर्वपक्षीय सहमति नभई पाथिभरा क्षेत्रमा