ताजा खबर

योगेशको गुनासो "ठेकदार पछ्याउदा जुत्ता फाट्छ "

RadioTaplajung


जेष्ठ १९, २०७५आनन्द गौतम/ताप्लेजुङ — ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटि सदस्य योगेश भट्टराईले ठेकदारका पछि लाग्दा जुत्ता फाटेको गुनासो गरेका छन् ।
ताप्लेजुङ भ्रमणमा आएका गृहमन्त्री रामबहादुर थापालाई निर्माणको काममा अझ कठोर भएर लाग्न प्रोत्साहित गर्दै भट्टराईले भने, ‘ठेकदारका पछि लाग्दा जुत्ता फाट्छ, पैसा लगिसक्छन् नत सम्पर्कमा आउछन् नत टेलिफोननै उठाउँछन् ।’

१० करोडको लागतमा सात वर्ष अघि बनिसक्नुपर्ने दोभानको तमोर नदीमाथिको पुलका बिषयमा भट्टराईले गुनासो गरेका थिए । उनले वार्षिक अढाई लाख पर्यटक आउने पाथीभरा क्षेत्रको सडकको बिषयमापनि यस्तै समस्या रहेको सुनाए । भट्टराईले नेपालमै ४० प्रतिशत बढी अलैचीं उत्पादन हुने जिल्लामा अलैचींको सुपरजोन हुनुपर्नेमा जोनमात्रै बनाइएकोमा असन्तुष्टि ब्यक्त गरे ।

भौगोलिक हिसाबले तेस्रो ठूलो जिल्ला ताप्लेजुङको उन्नति ओलाङचुङगोला नाका खुलेपछि मात्रै हुने भएकाले यसमा ध्यानदिन भट्टराईले गृहमन्त्रीको ध्यान आकर्षण गराए । २ सय ५१ किलोमिटरमा नेपाल र चीनको सिमाना टिप्ताला भञ्ज्याङदेखि प्रदेश १ को राजधानी विराटनगर जोडिने भएकाले यसलाई बिशेष प्राथमिकतामा राखिनुपर्ने भट्टराईको जोड थियो ।

शनिबार नेपाल–चीनको सीमा अवलोकन गर्ने र ओलाङचुङगोलामा स्थानीयसँग छलफल गर्ने कार्यक्रम भएपनि खराब मौषमका कारण थापा नेतृत्वको टोली सिधै संखुवासभा गएको छ । थापा संखुवासभाको किमाथांका सडक अवलोकन र अरुण तेश्रो जलविद्युत आयोजनाको अवलोकन गरेर संखुवासभाको खाँदवारी गएको उनीसँगै रहेका मिङमाडण्डु शेर्पाले बताए । स्रोत : ई कान्तिपुर ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

राजनीतिक गठबन्धन होइन,समिकरण होः भट्टराई

रेडियो ताप्लेजुङ । बैसाख २२ गते । प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री योगेश कुमार भट्टराईले बर्तमान सरकार राजनीतिक गठबन्धन नभएको बताएको छन् ।

एमाले अधिबेशनका लागि शुक्रबार प्रतिनिधि चयन 

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । नेकपा एमालेको १२औं जिल्ला अधिबेशन सुरु हुने तीन दिनअघि शुक्रबार वडा– वडावाट प्रतिनिधि चयन हुँदैछ । जिल्ला कमिटिमा

RadioTaplajung

सर्बपक्षीय सहमति नभई केवलकार निर्माण कार्य अघि नबढाउन चेतावनी

रेडियो ताप्लेजुङ,फल्गुण ११ गते।  नेत्रविक्रम चन्द( विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सर्वपक्षीय सहमति नभई पाथिभरा क्षेत्रमा