ताजा खबर

पार्टीगत काममा सरकारी सम्पत्तिको दुरुपयोग 

RadioTaplajung

काठमाडौं, जेठ ५ –नवगठित नेपाल कम्युनिष्ट पार्टीले दलीय छलफल र पार्टीका कार्यक्रम समेत सरकारी कार्यालयहरुमा आयोजना गरेको भन्दै राजनीतिक वृत्तमै आलोचना सुरु भएको छ । तात्कालिन एमाले र माओवादी केन्द्रबीच गत बिहीवार एकीकरण घोषणा पछि प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवासमा रात्रीभोजको आयोजना गर्नुभएको थियो । रात्रीभोजका लागि नेपाल प्रहरीको प्रयोग भएको थियो । पार्टी एकीकरणका लागि भएका चरणवद्ध छलफल समेत वालुवाटार मै भएका थिए । सो समय एमाले र माओवादी केन्द्रका फरक पार्टी कार्यालय भएपनि छलफल र रात्रीभोजका लागि सरकारी निवास प्रयोग गर्नु सरकारी सम्पत्तिको दूरुपयोग भएको नेताहरुको भनाई छ ।  नयाँशक्ति पार्टीका संयोजक एवं सांसद बाबुराम भट्टराईले पार्टीका कार्यक्रम बालुवाटारमा गरेको प्रति अपत्ति जनाउनुभयो । माईक्रो ब्लगिङ साईट ट्वीटरमा भट्टराईले ब्याङग्य गर्नुभयो, बिलय पश्चात गठित पार्टीका नेतृत्वदायी कमरेडहरूले सामुहिक सपथ लिंदा एउटा थप सपथ आजै लिए कसो होला ? त्यो हो । हामी पार्टीका कुनै पनि कार्यक्रम प्रम निवास बालुवाटारमा गर्ने छैनौं र कहिल्यै सरकारी साधन श्रोतको दुरूपयोग गर्ने छैनौं ।“ राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि पार्टीका कार्यक्रम सरकारी निवासमा गरेर सत्तारुढ दलले पदीय दुरुपयोग गरेको आरोप लगाउनुयभो । उहाँले भन्नुभयो, 'प्रधानमंत्रीको सरकारी निवासलाई कांग्रेस कम्युनिस्ट दुवैले पार्टी कार्यालयको रुपमा दुरुपयोग गरेका छन् । राप्रपाका सूर्यबहादुर थापा र लोकेन्द्र बहादुर चन्द पनि प्रधानमन्त्री हुनुभयो, तर प्रधानमन्त्री निवासलाई कहिल्यै पार्टी प्रयोजनका लागि प्रयोग गर्नुभएन । कृपया, अब यो सरकारी सम्पतिको दुरुपयोग नगर्नोस ।'  

रेडियो कान्तिपुरबाट

प्रतिकृया दिनुहोस
RadioTaplajung

राजनीतिक गठबन्धन होइन,समिकरण होः भट्टराई

रेडियो ताप्लेजुङ । बैसाख २२ गते । प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री योगेश कुमार भट्टराईले बर्तमान सरकार राजनीतिक गठबन्धन नभएको बताएको छन् ।

एमाले अधिबेशनका लागि शुक्रबार प्रतिनिधि चयन 

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । नेकपा एमालेको १२औं जिल्ला अधिबेशन सुरु हुने तीन दिनअघि शुक्रबार वडा– वडावाट प्रतिनिधि चयन हुँदैछ । जिल्ला कमिटिमा

RadioTaplajung

सर्बपक्षीय सहमति नभई केवलकार निर्माण कार्य अघि नबढाउन चेतावनी

रेडियो ताप्लेजुङ,फल्गुण ११ गते।  नेत्रविक्रम चन्द( विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सर्वपक्षीय सहमति नभई पाथिभरा क्षेत्रमा