चेन्नईमाथि राजस्थानको जित, प्ले अफमा पुग्ने सम्भावना कायमै
चेन्नईमाथि राजस्थानको जित, प्ले अफमा पुग्ने सम्भावना कायमै
वैशाख २९ । भारतमा जारी इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटअन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा चेन्नई सुपरकिंग्सलाई पराजित गर्दै राजस्थान रोयल्सले ‘प्ले अफ’मा पुग्ने आफ्नो सम्भावनालाई कायम राखेको छ ।
जयपुर, वैशाख २९ । भारतमा जारी इन्डियन प्रिमियर लिग ९आइपिएल० क्रिकेटअन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा चेन्नई सुपरकिंग्सलाई पराजित गर्दै राजस्थान रोयल्सले ‘प्ले अफ’मा पुग्ने आफ्नो सम्भावनालाई कायम राखेको छ ।
राजस्थानले चेन्नईलाई चार विकेटले पराजित गरेको हो । राजस्थानको जितमा जोस बटलरले अविजित ९५ रनको योगदान गरेका थिए ।
टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १७६ रन बनाएको थियो ।
१७७ रनको लक्ष्य पाएको राजस्थानले अन्तिम बल बाँकी छँदै ६ विकेट गुमाएर जित हासिल गरेको हो । जितसँगै अंक तालिकामा राजस्थान छैठौं नम्बरमा पुगेको छ । पराजयका बाबजुद १४ अंकका साथ चेन्नई अंक तालिकाको दोस्रो नम्बरमा छ । स्रोतःइमेज च्यानल
अन्तरपालिका स्तरीय चौथो मेयर कपमा २ खेल सम्पन्न
प्रिशा बस्नेत , ताप्लेजुङ , जेष्ठ ३ गते आज बाट सुरु भएको ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को अवसरमा सञ्चालित अन्तरपालिका स्तरीय चौथो मेयर कप पुरुष
पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम
रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी
प्रतिकृया दिनुहोस