ताजा खबर

स्वचालित पेस्तोलसहित दुई जना पक्राउ

RadioTaplajung

२७ वैशाख, वीरगञ्ज । प्रहरीले स्वचालित नल कटुवा पेस्तोलसहित दई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक नेपाली र एक जना भारतीय नागरिक छन् ।

रौतहटको गौर नगरपालिका २ टिकुलिया बजार घर भई वीरगञ्ज महानगरपालिका १६ नगवा बस्ने १९ वर्षीय मिथुनकुमार श्रीवास्तव र भारत विहारका घर भई वीरगञ्ज १५ भिस्वा बस्ने २३ वर्षीय चुनचुन पटेललाई प्रहरीले पक्रेको हो ।

वैशाख २६ गते राति मध्यरातमा भिस्वा गाउँबाट उनीहरुलाई स्वचालित पेस्तोल सहित पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता राजन लिम्बुले जानकारी दिए ।

‘आरती झाको घरमा वादविवाद र झै-झगडा भइरहेको छ भन्ने जानकारी आएको थियो । प्रहरी चौकी बसपार्कबाट टोली खटाउँदा दुई जना पुरुष व्यक्तिहरु गाली गलौज गरिरहेका थिए, शंकास्पद हर्कत देखाएपछि खानतलासी गर्दा मिथुन कुमारको साथबाट १ थान पेस्तोल फेला पर्‍यो’ उनले भने ।

श्रीवास्तवले पाइन्टको दाहिने खल्तीमा पेस्तोल लुकाएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनीहरु विरुद्ध हात हतियार तथा खरखजना मुद्दा दर्ता गरिएको छ ।

त्यसैगरी प्रहरीले लागुऔषध नाइट्रोभेट ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट, चन्ऽपुर नगरपालिका वडा नं.-९ मोतीपुर बस्ने २२ वर्षीय बिनय पटेल रहेका छन् ।

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

ताप्लेजुङका प्रमूख जिल्ला अधिकारी आचार्य नेतृत्वको टोली उत्तरी सिमा अवलोकन गर्न प्रस्थान

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी रविन्द्र प्रसाद आचार्य नेतृत्वको सुरक्षा अधिकारीहरुको टोली विहिबार

RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक