ताजा खबर

ताप्लेजुङको फुलबारीमा रोजेको गितमा नाच्न नपाउँदा खुकुरी प्रहार, ३ जना घाइते


रेडियो । ताप्लेजुङ
विवाहमा नाच्ने क्रममा आफ्नो रोजाईको गीतमा नाच्न नपाउँदा खुकुरी प्रहार भएको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारीस्थित एक विवाहमा स्थानीय युवाहरुले नाच्न नपाएको झोँकमा पाहुना गएका चार जनाको समुहलाई बाटो ढुकेर आक्रमण गरेका हुन् । 
फूलकारीकै स्थानीय उच्छृङ्खल ६ जनाको समुहले ढुङ्गा, मुढा र खुकुरीसहित आक्रमण गर्दा ३ जना घाइते भएको प्रहरीले जनाएको छ । ‘आइतबार राति विवाह सकिएपछि नाच्ने क्रममा स्थानीय युवाहरुबिच गीत छनौट गर्ने क्रममा विवाद हँुदा फुङलिङ नगरपालिकाबाट गएका युवाहरुले सम्झाएछन्,’ जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख संञ्जयसिंह थापाले भने, ‘त्यसपछि हामीलाई तिमीहरु सम्झाउने ? भन्दै घर फर्कदै गरेको अवस्थामा बाटो ढुकेर आक्रमण गरेर फरार भएछन् ।’ 
राती साढे २ बजे स्थानीय दिल बहादुर तामाङको छोरीको बिवाहमा पाहुना गएका फुङलिङ नगरपालिका–८ दोखुका कर्ण बहादुर सुनुवार, पेम्बा शेर्पा र पासाङ शेर्पा घाइते भएका छन् । टाउकोमा चोटा लागेका उनिहरुको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि सुविधासम्पन्न अस्पतालमा पठाइएको छ । हतियार प्रहार गर्ने समूहको खोजि खोजी भईरहेको डिएसपी थापाले बताए । 
 

प्रतिकृया दिनुहोस

एमाले अधिबेशनका लागि शुक्रबार प्रतिनिधि चयन 

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । नेकपा एमालेको १२औं जिल्ला अधिबेशन सुरु हुने तीन दिनअघि शुक्रबार वडा– वडावाट प्रतिनिधि चयन हुँदैछ । जिल्ला कमिटिमा

RadioTaplajung

ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को प्रधानमन्त्री दाहाललाई निम्तो

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को विहिबार निम्तो ग्रहण गर्नुभएको छ ।

RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम