म्यान्चेस्टर सिटी र टोटनह्याम विजयी, लिभरपुललाई ४ अंकको अग्रता
माघ ७ गते । इङ्लिस प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटी र टोटनह्याम हट्सपर विजयी भएका छन् ।
तालिकाको दोस्रो स्थानमा रहेको म्यान सिटीले हडर्सफिल्ड टाउनलाई ३–० ले हरायो । सिटीका लागि ड्यानिलो, राहिम स्टर्लीङ र लेरोए सानेले एक एक गोल गरे ।
जितसँगे सिटीले शीर्ष स्थानको लिभरपुलसँगको दुरीलाई पुनः ४ अंकमा झारेको छ । गएराति नै भएको अर्को खेलमा टोटनह्याम हट्सपरले फुल्हमलाई २–१ ले हरायो ।
खेलमा टोटनह्यामका फर्नान्डो लोरेन्तेले आत्माघाती गोल गरेपछि फुल्हमले अग्रता लियो ।
तर डेले अली र ह्यारी विङ्क्सले एक एक गोल गर्दै टोटनह्यामलाई विजयी गराए ।
गएरातिका खेलपछि प्रिमियर लिग फुटबलको अंक तालिकामा २३ खेलबाट ६० अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ ।
समान खेलबाट ५६ अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा रहँदा ५१ अंकका साथ टोटनह्याम तेस्रो स्थानमा छ ।
चौथो स्थानको चेल्सीको ४७ अंक छ भने ४४–४४ अंक जोडेका आर्सनल र म्यान्चेस्टर युनाईटेड क्रमशः पाँचौ तथा छैटौं स्थानमा रहेका छन् । इमेज च्यानल
अन्तरपालिका स्तरीय चौथो मेयर कपमा २ खेल सम्पन्न
प्रिशा बस्नेत , ताप्लेजुङ , जेष्ठ ३ गते आज बाट सुरु भएको ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को अवसरमा सञ्चालित अन्तरपालिका स्तरीय चौथो मेयर कप पुरुष
पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम
रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी
प्रतिकृया दिनुहोस