पीएसजीको जितमा काभानी, एम्बाप्पे र मार्क्विनोसको गोल
पुस २९ गते । फ्रेन्च लिग वनमा पेरिस सेन्ट जर्मेनले आफ्नो अपराजित खेल संख्या १८ पुर्याएको छ । लिगको शीर्ष स्थानमा रहेको पीएसजीले एमिन्सलाई तीन शून्यले हरायो ।
पहिलो हाफ गोलरहित बराबरी भएका खेलको ५७ औं मिनेटमा इडिन्सन काभानीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । इमिन्सका एलेक्सिस ब्लिनले डिबक्समा हातले बललाई छोएपछि पाएको पेनाल्टीलाई काभानीले गोलमा परिणत गरे ।
६६ औं मिनेटमा एमिन्सका डिफेन्डर खालिद एडिनन दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा झर्न पुग्यो । त्यसको तीन मिनेटपछि केलियन एम्बाप्पेले पीएसजीका लागि दोस्रो गोल गरे ।
यो सिजनमा १७ खेलमा १४ गोल गर्न सफल एम्बाप्पे पछि ७९ औं मिनेटमा मार्क्विनोसले पीएजीका लागि तेस्रो गोल गरे । जितसँगै पीएसजीले १८ खेलबाट ५० अंक बनाएको छ ।
अन्तरपालिका स्तरीय चौथो मेयर कपमा २ खेल सम्पन्न
प्रिशा बस्नेत , ताप्लेजुङ , जेष्ठ ३ गते आज बाट सुरु भएको ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को अवसरमा सञ्चालित अन्तरपालिका स्तरीय चौथो मेयर कप पुरुष
पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम
रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी
प्रतिकृया दिनुहोस