फाल्गुनन्द गोल्डकप :आर्मी फाइनल प्रवेश फाईनलमा आर्मी र झापा–११ भिड्ने
२८ पुस,रेडियो ताप्लेजुङ–विभागीय टोली त्रिभुवन आर्मी क्लव पाँचथरको फिदिममा जारी फाल्गुनन्द गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
आज भएको अन्तिम सेमी फाइनल खेलमा रोयल फुटवल क्लव दार्जिलिङलाई २–१ गोल अन्तरले पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो ।
आर्मीका तर्फवाट खेल शुरु भएको १६ औं मिनेटमै राजेश पौडेलले १ गोल गरेका थिए । जवाफमा आर्मीका सिदान्त क्षेत्रीले २१ औं मिनेटमा गोल फर्काउदै आफ्नो टिमलाई वरावरीमा पु¥याए । त्यसपछि दुवै टिमले अन्तिम क्षणसम्म वरावरीमा खेले । ९० औं मिनेटमा आर्मीका एरिक बिष्टले गरेको गोल नै निर्णायक बन्यो । आजको खेलमा बिष्टलाई नै मेन अफ दि म्याच घोषित गरियो ।
अव आर्मीले पुष ३० गते फाल्गुनन्द गोल्डकपको उपाधीका लागि झापा ११ सँगे भीड्ने पक्का भएको छ । भारतीय सहित ए डिभिजनका १० टिम सहभागी थिए । जसमध्ये आयोजक फिदिम स्पोर्टिङ,व्वाइज युनियन,सरस्वती क्लव, रोयल एफसि दार्जिलिङ सुनसरी ११, एपिएफ,ताप्लेजुङ र मोरङ विभिन्न चरणवाट बाहिरिएका छन ।
नेपालका १६ औं विभूती फाल्गुनन्द लिङदेनको स्मृतिमा आयोजित प्रतियोगिताका विजेताले नगद ४ लाख र उप विजेताले २ लाख सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन । प्रतियोगिता अखिल नेपाल फुटवल संघको वार्षिक क्यालेन्डर अनुसार सञ्चालन हुँदै आएको छ ।
अन्तरपालिका स्तरीय चौथो मेयर कपमा २ खेल सम्पन्न
प्रिशा बस्नेत , ताप्लेजुङ , जेष्ठ ३ गते आज बाट सुरु भएको ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को अवसरमा सञ्चालित अन्तरपालिका स्तरीय चौथो मेयर कप पुरुष
पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम
रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी
प्रतिकृया दिनुहोस