ताजा खबर

ए डिभिजन लिग उपविजेता संकटा अन्तिम खेलमा पराजित

RadioTaplajung

पुस २३ गते । शहीद स्मारक ए डिभिजन लिगको अन्तिम खेलमा संकटा पराजित भएको छ । यसअघि नै दोस्रो स्थान हात पारिसकेको संकटा एपीएफ क्लबसँग २–१ ले पराजित भयो ।

एन्फा कम्प्लेक्स मैदानमा आज भएको खेलमा संकटालाई हराउनका लागि एपीएफका युवराज खड्का र राजन गुरुङले एक–एक गोल गरे ।

२४औँ मिनेटमा युवाराजले काउन्टर एट्याकमा गोल गर्दै एपीएफलाई अग्रता दिलाए । पहिलो हाफमा एक–शून्यको अग्रता कायम राखेको एपीएफले ७१औँ मिनेटमा अग्रता दोब्बर बनायो । यसपटक राजेन्द्र रावलको फ्रिकिकमा राजन गुरुङले गोल गरे ।

दोस्रो हाफको इन्ज्युरी समयमा लक्ष्मण रुचलको उत्कृष्ट फ्रिकिक गोलमा परिणत भएपछि संकटा खेलमा फर्किएको थियो । तर थप गोल हुन सकेन र संकटा पराजित भयो । यो नतिजाले दुवै टिमको पोजिसनमा कुनै फरक परेन । संकटा दोस्रो भयो भने एपीएफले पाँचौं स्थानमा लिग सकाएको छ ।

लिग अन्तर्गत भोलि यो संस्करणका अन्तिम खेल हुँदैछन् । एनआरटी र ब्रिगेड ब्वाइज तथा फ्रेण्ड्स र मनाङ मर्स्याङ्दी क्लबबीच खेल हुनेछ । मनाङ मर्स्याङ्दी क्लबले दुई खेल अगावै लिग जितिसकेको छ । उज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
RadioTaplajung

अन्तरपालिका स्तरीय चौथो मेयर कपमा २ खेल सम्पन्न 

प्रिशा बस्नेत , ताप्लेजुङ , जेष्ठ ३ गते  आज बाट सुरु भएको ताप्लेजुङ पर्यटन महोत्सव  २०८१ को अवसरमा  सञ्चालित अन्तरपालिका स्तरीय चौथो मेयर कप पुरुष

RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी