ताजा खबर

एमाले-माओवादी संयुक्त कार्यक्रम जारी

RadioTaplajung

एमाले-माओवादी संयुक्त कार्यक्रम जारी

वैशाख ९ । एमाले-माओवादी संयुक्त कार्यक्रम अहिले पनि जारी छ। नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यक्रम निर्धारित समयभन्दा ४ घन्टा ढिलो सुरू भएको थियो।

लेनिन जयन्ती समेत मनाउने भन्दै आयोजना गरिएको कार्यक्रमको ‍ ब्यानरमा कम्युनिष्ट नेता लेनिनको तस्वीर नराखिएको भन्दै नेकपा माओवादी केन्द्रका कार्यकर्ताले विरोध जनाएपछि ब्यानर झिकिएको थियो। त्यसपछि दुई वटा व्यानर राखेर कार्यक्रम सुरू भएको हो। कार्यक्रमस्थल राष्ट्रिय सभागृहमा मार्क्स र लेनिनको तस्वीर मञ्चमा कुर्सीमा राखिएको छ।

कार्यक्रममा सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता हुन नदिने खेल भइरहेको बताएका छन्। उनले एकता हुन नदिन मुलुकको राजनीतिक वृतमा धेरै प्रकारका खेल भइरहेको बताएका हुन्। मुलुकमा समय अनुसार चलेका हल्ला,शक्ति र स्वार्थको टकरावका कारण पार्टी एकता हुन नसक्ने भन्दै उनले कसैलाई थाहा नै नदिई एकताको घोषणा गरिने बताए।

स्रोतः सेतोपाटी

प्रतिकृया दिनुहोस
RadioTaplajung

राजनीतिक गठबन्धन होइन,समिकरण होः भट्टराई

रेडियो ताप्लेजुङ । बैसाख २२ गते । प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री योगेश कुमार भट्टराईले बर्तमान सरकार राजनीतिक गठबन्धन नभएको बताएको छन् ।

एमाले अधिबेशनका लागि शुक्रबार प्रतिनिधि चयन 

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । नेकपा एमालेको १२औं जिल्ला अधिबेशन सुरु हुने तीन दिनअघि शुक्रबार वडा– वडावाट प्रतिनिधि चयन हुँदैछ । जिल्ला कमिटिमा

RadioTaplajung

सर्बपक्षीय सहमति नभई केवलकार निर्माण कार्य अघि नबढाउन चेतावनी

रेडियो ताप्लेजुङ,फल्गुण ११ गते।  नेत्रविक्रम चन्द( विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सर्वपक्षीय सहमति नभई पाथिभरा क्षेत्रमा