ताजा खबर

ताप्लेजुङमा बलात्कार मुद्धामा सजाय तोकिएका व्यक्ति २८ वर्षपछि पक्राउ

RadioTaplajung

रेडियो ताप्लेजुङ,मंसिर २३ गते । जिल्ला अदालतले बलात्कार मुद्धामा दोषी ठहर गरि सजाय फैसला सुनाएका मैवाखोला गाउँपालिका–४ साँघुका ४८ वर्षीय कृष्ण भन्ने पूर्ण बहादुर लिम्बुलाई मंसिर २२ गते  प्रहरीले पक्राउ गरेको छ ।

साविक फाकुम्बा गाविस–९ हाल मैवाखोला गाउँपालिका–४ साँघुमा बसोबास गर्दै आएका लिम्बुलाई मंसिर २३ गते आइतबार जिल्ला अदालतमा पेश गरि जिल्ला कारागार चलान गरिएको डीएसपी संञ्जयसिंह थापाले बताए । २०४५ सालमा एक महिलालाई बलात्कार गरेको उजुरी परेपछि जिल्ला अदालतले २०४७ सालमा दोषी ठहर गरि २ वर्ष कैद र ३ हजार ६२ रुपैयाँ ५० पैसा जरिवानाको फैसला सुनाएको डीएसपी थापाले बताए ।

मैवाखोला गाउँपालिका–६ फाकुम्बामा लुकीछिपी बस्दै आएका लिम्बुलाई अदालतबाट फैसला भएको २८ वर्षपछि गिरफ्तार गर्न सफल भएको डीएसपी थापाले बताए ।

प्रतिकृया दिनुहोस

एमाले अधिबेशनका लागि शुक्रबार प्रतिनिधि चयन 

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । नेकपा एमालेको १२औं जिल्ला अधिबेशन सुरु हुने तीन दिनअघि शुक्रबार वडा– वडावाट प्रतिनिधि चयन हुँदैछ । जिल्ला कमिटिमा

RadioTaplajung

ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को प्रधानमन्त्री दाहाललाई निम्तो

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को विहिबार निम्तो ग्रहण गर्नुभएको छ ।

RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम