ताजा खबर

पत्नीलाई माइत जान दिएको निउँमा युवकले गरे बुवा र ठूलाबाको हत्या

RadioTaplajung

कैलालीको लम्कीचुहा नगरपालिका–४ बलियाका १ युवकले आफ्नी पत्नीलाई माइत किन जान दिएको भन्दै बुवा र ठूलाबाको हत्या गरेका छन् ।बलियाका २१ वर्षीय जहरसिंह चौधरीले ५५ वर्षीय बुवा चंख चौधरी र ६० वर्षीय ठूलो बुवा पल्टु चौधरीलाई काठको चिर्पटले प्रहार गरेर हत्या गरेका छन् ।उनकै प्रहारबाट उनको आमा पनि घाइते बनेकी छिन् । उनको उपचार स्थानीय लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक हरि ओलीले जानकारी दिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार जहरीलालले आफ्नी पत्नीलाई बिना जानकारी माइत किन जान दिएको भन्दै बुवा, ठूला बुवा र आमालाई ढोका थुनेर कुटपिट गरेको जनाइएको छ । तर अझै घटनाबारे सत्यतथ्य खुल्न बाँकी रहेको जनाइएको छ । जहरीलाल प्रहरीको नियन्त्रण छन् ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

ताप्लेजुङका प्रमूख जिल्ला अधिकारी आचार्य नेतृत्वको टोली उत्तरी सिमा अवलोकन गर्न प्रस्थान

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी रविन्द्र प्रसाद आचार्य नेतृत्वको सुरक्षा अधिकारीहरुको टोली विहिबार

RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक