जर्मन बुन्डेस लिगामा बोरुसिया डर्टमण्डको विजयी यात्रा कायमै
जर्मन बुन्डेस लिगामा बोरुसिया डर्टमण्डको विजयी यात्रा कायमै
मंसिर १६ गते । जर्मन बुन्डेस लिगामा बोरुसिया डर्टमण्डले विजयी यात्रा कायमै राखेको छ । लिगमा १२ खेल खेलेको डर्टमण्डले ९ मा जित तथा ३ खेलमा बराबरी गर्दै ३० अंकका साथ शीर्ष स्थानमा राख्न सफल भएको छ ।
शनिबार राति भएको खेलमा डर्टमण्डले फेरिबर्गमाथि २–० को जित निकालेको हो ।
मार्को रेयुसले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोलको अग्रता बनाएको डर्टमण्डले दोस्रो हाफको अन्त्यतिर अर्को गोल गरेको थियो । उसका लागि फ्रान्स्किो एलसेयरले गोल गर्दै जित सुनिश्चित गरेका थिए । बुन्डेस लिगा अन्तर्गत शनिबार राति भएका खेलमा बायर्न म्युनिखले वेरडेर बरमेनमाथि २–१ को जित निकालेको थियो । बायर्नको जितमा सर्जे गेनबेरले २ गोल गरेका थिए । उनले २० औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।
३३ औं मिनेटमा योया ओसाकाले गोल गर्दै बरमेनलाई खेलमा फर्काएका थिए । पहिलो हाफमा १–१ को बराबरी भएको खेलको दोस्रो हाफमा बायनले १ गोल थप्दै जित सुनिश्चित गरेको हो । ५० औं मिनेटमा गेनबेरले गोल गरेका थिए । त्यसपछि दुबै पक्षबाट थप गोल नभएपछि बायर्न स्पष्ट तीन अंक जोड्दै तालिकामा २४ अंकका साथ तेस्रो स्थानमा पुग्न सफल भयो ।
उता स्पेनिस ला लिगा फुटबलमा सेल्टा डी भिगोले हुएस्कामाथि २–० को जित निकालेको छ ।
शनिबार राति भिगोले घरेलु मैदानमा जित निकाल्दै तालिकामा १७ अंक पुर्याएको छ । ११ औं स्थानमा रहेको भिगोकोका जितमा इगो आसपासले दुबै गोल गरेका थिए । ३८औं मिनेटमा हुगो मालोले दिएको पासमा इगो आसपासले गोल गर्दै अग्रता दिलाएका थिए । ७७औं मिनेटमा एन्ड्रयूको सहयोगमा आसपासलेनै गोल थपेका थिए । त्यसपछि थप गोल नभए पछि सेल्टा डी भिगो विजयी भएको थियो ।
उज्यालो अनलाइन
अन्तरपालिका स्तरीय चौथो मेयर कपमा २ खेल सम्पन्न
प्रिशा बस्नेत , ताप्लेजुङ , जेष्ठ ३ गते आज बाट सुरु भएको ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को अवसरमा सञ्चालित अन्तरपालिका स्तरीय चौथो मेयर कप पुरुष
पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम
रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी
प्रतिकृया दिनुहोस