ताजा खबर

राजपाको असन्तुष्ट समूहद्वारा नयाँ पार्टी घोषणा

RadioTaplajung

राजपाको असन्तुष्ट समूहद्वारा नयाँ पार्टी घोषणा
वैशाख ८ गते  । राष्ट्रिय जनता पार्टी राजपा नेपालका उपाध्यक्ष अशोककुमार यादवको नेतृत्वमा नयाँ पार्टी घोषणा गरिएको छ ।  
शुक्रबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै राजपाका असन्तुष्ट समूहले राष्ट्रिय जनता पार्टी ९लोकतान्त्रिक० घोषणा गरेका हुन् । राजपाका केही पदाधिकारी र केन्द्रीय सदस्यहरु राजपा ९लोकतान्त्रिक०मा सामेल भएका छन् ।

नवघोषित पार्टीको तदर्थ समिति संयोजकमा अशोककुमार यादव, सह–संयोजकमा रीतेशकुमार सिंह छन् । महाधिवेशन नहुन्जेलसम्म ११ सदस्यीय तदर्थ समिति महासचिवमा सुवासचन्द्र बिराजी, जीवन साह, सचिवहरुमा साधना यादव र लक्की शर्मा, कोषाध्यक्षमा मधुमाया यादव र प्रवक्तामा दीपेन्द्र यादव तोकिएका छन् । केन्द्रीय तदर्थ समिति सदस्यहरुमा धर्मराज गुप्ता, विपना आचार्य र शम्भू पण्डित रहेका छन् ।

संयोजक यादवले राजपा नेतृत्व फाइला लुट्न लागेको र संविधान संशोधनको विषयमा कुनै भूमिका नखेलेकोले नयाँ पार्टी बनाएको बताए । ुमधेस आन्दोलनमा निर्दोष जनताले ज्यान गुमाए, तर यसको फाइदा र उपलब्धि भनेको अहिलेको राजपा नेपालका अध्यक्ष मण्डलका ६ जना र उनीहरुका परिवारलेमात्रै लिएु उनले भने ुसंविधान संशोधनको विषयमा उनीहरुले कुनै भूमिका खेलेनन् बरु सत्तामा जानमात्रै हतार गरेकोले हामी अलग पार्टी बनाउन बाध्य भयौं ।’

मधेसमा अहिलेसम्म विकास नभएको बताउँदै उनले राजपा ९लोकतान्त्रिक०ले अब विकासकेन्द्रित गतिविधि अघि बढाउने जनाए ।
स्रोतः इ कान्तिपुर

प्रतिकृया दिनुहोस
RadioTaplajung

राजनीतिक गठबन्धन होइन,समिकरण होः भट्टराई

रेडियो ताप्लेजुङ । बैसाख २२ गते । प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री योगेश कुमार भट्टराईले बर्तमान सरकार राजनीतिक गठबन्धन नभएको बताएको छन् ।

एमाले अधिबेशनका लागि शुक्रबार प्रतिनिधि चयन 

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । नेकपा एमालेको १२औं जिल्ला अधिबेशन सुरु हुने तीन दिनअघि शुक्रबार वडा– वडावाट प्रतिनिधि चयन हुँदैछ । जिल्ला कमिटिमा

RadioTaplajung

सर्बपक्षीय सहमति नभई केवलकार निर्माण कार्य अघि नबढाउन चेतावनी

रेडियो ताप्लेजुङ,फल्गुण ११ गते।  नेत्रविक्रम चन्द( विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सर्वपक्षीय सहमति नभई पाथिभरा क्षेत्रमा