ताजा खबर

बाँदरविरुद्ध उजुरी, धमाधम ‘पक्राउ’ गरिँदै

RadioTaplajung

बाँदरविरुद्ध उजुरी, धमाधम ‘पक्राउ’ गरिँदै
वैशाख ८, धनकुटा — स्थानीय तहमा विकासका योजना लिएर सेवाग्राही पुग्ने कुरा सामान्य हो । तर, पछिल्लो समय जिल्लाका कतिपय नगर तथा गाउँपालिकामा बॉदरले सास्ती दिएर बसाइँ सर्ने अवस्थामा पुगेको भन्दै सर्वसाधारणले बाँदर नियन्त्रण गर्न माग राख्दै आएका छन् ।
सदरमुकाम धनकुटा नगरपालिका(६ का वडाध्यक्ष नरेश श्रेष्ठ पछिल्लो समय गाउँघर पुग्दा स्थानीयले विकासका योजनाभन्दा फरक माग बढी राख्ने गरेका सुनाउँछन्। उनका अनुसार बाली सखाप पारेको भन्दै बाँदरविरुद्ध उजुरी गर्ने क्रम बढेको छ।

चुनावताका भोट माग्दादेखि नै जंगली जनावर नियन्त्रणको मुद्दा उठ्दै आएपछि अधिकांश जनप्रतिनिधिले यसबारे गम्भीर चासो लिन थालेको बताए। धनकुटा नगरपालिका ६ नं। वडाले त चालु आर्थिक वर्ष २०७४र०७५ मा वडा परिषद्बाट नै ‘बॉदर स्थानान्तरण कार्यक्रम’ कै शीर्षक पारित गरेर कार्य सुरु गरिसकेको जनाएको छ।

उक्त कार्यक्रमअन्तर्गत वडाले ५ लाख रकम विनियोजन गरिसकेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए। ‘यसै अन्तर्गत पछिल्लो डेढ सातादेखि आसपासका जंगल तथा बाली खान गाउँ पसेका बॉदर धमाधम पक्रने क्रम अघि सारिएको छ’, उनले भने, ‘बॉदर पक्रने सिपालु व्यक्ति भारतदेखि झिकाएका छौं।’ बॉदर पक्रन छुट्याएको रकम अपुग भएपछि थप ५ लाख विनियोजन गरिएको नगरपालिकाले जनाएको छ।

धनकुटा नगरपालिका २, ३, ४, ५ र ६ वडामा बाँदर नियन्त्रण अभियान थालिएको छ। धनकुटा बजार नजिकको सल्लेरी वनबाट मात्र पछिल्लो एक हप्तामा २ सय ५ वटा बाँदर नियान्त्रण गरेर अन्यत्र स्थानान्तरण गरी सकिएको छ। एक पटकमा १९ वटासम्म रातो बॉदर जालमा परेको पक्रन आएका मनसुरले बताए।

बॉदर पक्रन नेपाली नागरिकको नेतृत्वमा केही भारतीय सिपालु व्यक्ति परिचालन गरिएको छ। भारतको उत्तर प्रदेशबाट सिपालु ८ जना प्राविधिक परिचालन गरिएको छ। प्रतिबॉदर पक्राउ गरेबापत १ हजार ५ सय रुपैयॉ दिने गरी सम्झौता गरिएको छ।

यो वर्ष नगर क्षेत्रबाट कम्तीमा साढे ६ सय बॉदर पक्रने अभियान चालिएको स्रोतले जनायो। आगामी वर्ष बॉदरको संख्या अनुसारको बजेट विनियोजन गरिने भएको छ। बॉदर पक्रने कार्यप्रति स्थानीयवासीले खुसी व्यक्त गरेका छन्। धनकुटा नगरपालिका(६ हर्कटारका रनपाल राईले आफ्नो १६ रोपनी जग्गामा बॉदरले उदण्ड मच्चाएपछि बालिनाली नै लगाउन नपाएको गुनासो पोखे।

‘बल्ल हाम्रो उजुरी सुनुवाई भएर बॉदर पक्रन थालेको खबरले खुसी लागेको छ’, उनले भने, ‘यसलाई निरन्तरता दिइनै रहनुपर्छ।’ आत्माराका धनप्रसाद राईले बिहान उठेदेखि बेलुकीसम्म बॉदर लखेट्न बारीमा टिन ठटाएर बस्नु परेको सुनाए। बॉदर पक्रनेक्रम धमाधम भइरहे पनि गाउँबस्तीमा सास्ती कम नभएको गुनासो बढेको छ।

नगरक्षेत्रअन्तर्गत सल्लेरी वन, आत्मारा, खाल्डे, पाङ्गसिङ, स्कुलडॉडा, देब्रेवासमा लगायतका क्षेत्रमा बॉदर पक्राउ अभियान थालिएको छ। जिल्लाका कयौं गाउँबस्तीमा बॉदरलगायत जंगली जनावरले बाली सखाप पार्न थालेपछि सर्वसाधारण अन्यत्र सर्न बाध्य भएका छन्। यसका लागि नगरको विभिन्न स्थानमा बॉदर थुन्ने खोर निर्माण गरिएको छ।

कम्तीमा आगामी दुई साता बॉदर पक्रने अभियान जारी राखिने धनकुटा नगरपालिकाले जनाएको छ। पक्रिएका बॉदर घना जंगलमा छोडिने भनिए पनि स्थान भने खुलाइएको छैन।


पक्रिएको बॉदर देखाउँदै पक्राउ कार्यमा संलग्न व्यक्ति। बाली नष्ट गरेको उजुरीसँगै धनकुटामा बॉदर पक्राउ अभियान नै थालिएको छ। तस्बिर स् रमेशचन्द्र अधिकारीरकान्तिपुर
स्रोतः इ कान्तिपुर

प्रतिकृया दिनुहोस
RadioTaplajung

ताप्लेजुङका प्रमूख जिल्ला अधिकारी आचार्य नेतृत्वको टोली उत्तरी सिमा अवलोकन गर्न प्रस्थान

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी रविन्द्र प्रसाद आचार्य नेतृत्वको सुरक्षा अधिकारीहरुको टोली विहिबार

RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक