गोन्पा विद्यालयले आयोजना गरेको यू–१६ फुटबलमा छात्र /छात्रा दुवैतर्फ पुरस्कार बराबरी

रेडियो ताप्लेजुङ
मङ्सिर १० गते । साङ्क देछ्योलिङ गोन्पा विद्यालय फुङ्लिङ नगरपालिका ९ को वार्षिकोत्सवको अवसरमा नगरपालिकाभित्रका विद्यालयहरूबीच छात्र तथा छात्रा यू–१६ फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ।
विद्यालयका प्रधानाध्यापक पासाङरिता शेर्पाका अनुसार प्रतियोगिता शुक्रबार बिहान ११ बजेदेखि सुरु हुनेछ। छात्रतर्फ नगरपालिकाभित्रका १० वटा विद्यालयका टोलीले प्रतिस्पर्धा गर्नेछन् भने छात्रातर्फ पाँच टोलीको सहभागिता रहनेछ।
विद्यालयको खेलमैदानमा सञ्चालन हुने प्रतियोगिता नकआउट विधिमा खेलाइनेछ।प्रतियोगितामा प्रथम हुने टोलीले नगद ३५ हजार ८३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले २५ हजार ८३ रुपैयाँ प्राप्त गर्नेछ।
विद्यालयले लैङ्गिक समानतालाई ध्यानमा राख्दै छात्र र छात्रा दुवैतर्फ समान पुरस्कारको व्यवस्था गरेको जनाएको छ।
“हामीले एउटा सन्देश दिन खोजिरहेका पनि छौँ। महिलाहरूले पनि पुरुषसरह खेलमा मेहनत र सङ्घर्ष गरेका हुन्छन्। अन्य प्रतियोगिताहरूमा समेत महिला र पुरुषलाई बराबर पुरस्कारको व्यवस्था होस् भन्ने हाम्रो मान्यता हो,” प्रधानाध्यापक शेर्पाले रेडियो ताप्लेजुङसँग भन्नुभयो।
प्रधानाध्यापक शेर्पाका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। शुक्रबार उद्घाटन कार्यक्रमसहित केही खेल सञ्चालन गर्ने विद्यालयको लक्ष्य रहेको छ।
उक्त विद्यालय २०७९ सालदेखि सञ्चालनमा आएको हो।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।
© रेडियो ताप्लेजुङ

दशौँ राष्ट्रिय खेलकुदमा ताप्लेजुङबाट बुद्धिचालमा छनोट भए सेम सुब्बा
रेडियो ताप्लेजुङ मङ्सिर ९ गते ।दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बुद्धिचालको कोशी प्रदेश छनोटमा ताप्लेजुङका सेम सुब्बा छनोट भएका छन्।
..jpeg)
साँवामा जारी फुटबल प्रतियोगिताको उपाधिका लागि धरान र फेदाप भिड्ने
रेडियो ताप्लेजुङ मङ्सिर ५ गते ।ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ४ साँवास्थित तेम्बामा आयोजित फङ्फङ्देन झरना पर्यटन महोत्सवअन्तर्गत जारी फुटबल
..jpeg)
मेरिङदेनले चारवटा विधाका खेलमा प्रशिक्षक नियुक्त गर्दै
रेडियो ताप्लेजुङ मंसिर ४ गते । जिल्लाको मेरिङदेन गाउँपालिकाले चार विधाका खेलका लागि प्रशिक्षक नियुक्त गर्ने भएको छ। शिक्षा शाखा अधिकृत (सातौँ)



..jpeg)


..jpeg)


प्रतिकृया दिनुहोस