साक्फारादेखि सान्थाक्रा पहिलो टर्निङसम्म अनिश्चितकालका लागि सवारी सञ्चालनमा प्रतिबन्ध

रेडियो ताप्लेजुङ
मङ्सिर ४ गते ।जिल्लाको मेरिङदेन गाउँपालिकाले दोभान बजारदेखि पालिकाको केन्द्रसम्म सडक कालोपत्रे गर्ने जनाउँदै शनिबारदेखि अनिश्चितकालका लागि ठुला सवारी सञ्चालनमा रोक लगाएको छ।
निर्माण कार्यलाई गुणस्तर, सुरक्षित तथा द्रुत गतिमा सम्पन्न गर्नका लागि उक्त सडक खण्डको साक्फारादेखि सन्थाक्रा पहिलो टर्निङसम्म अर्को सूचना नभएसम्म पूर्णरूपमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको गाउँपालिकाले शुक्रबार सूचना जारी गर्दै जानकारी दिएको छ।साना चारपाङ्ग्रे तथा दुई पाङ्ग्रे गाडीहरूलाई मयुर डाँडा - साक्फरा सडक खण्ड वैकल्पिक रूपमा प्रयोग गरी सहयोग पुर्याउन पालिकाले आग्रह गरेको छ।
मेरिङदेन गाउँपालिका अन्तर्गतको उक्त सडक प्रयोग गर्दै पालिकाका ६ वटै वडामा सवारी आवतजावत हुने गरेको थियो भने मिक्वाखोला गाउँपालिकाका साँवा र पापुङका विभिन्न क्षेत्रहरूमा समेत यसै सडकमार्फत सवारी सञ्चालन हुँदै आएको थियो।
हाल साँवा र पापुङका विभिन्न क्षेत्रमा मिक्वाखोलाको खोक्लिङ,लिबाङबाट समेत सवारी सञ्चालन हुने गरेको छ ।
..jpeg)
फुङ्लिङबाट खैरो हिरोइनसहित एक किशोर पक्राउ
रेडियो ताप्लेजुङ मंसिर ४ गते ।ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट लागूऔषध खैरो हिरोइनजस्तो देखिने पदार्थसहित एक किशोर पक्राउ परेका छन्। जिल्ला
..jpeg)
मिक्वाखोलाका तीनवटा वडामा आलु पकेट कार्यक्रम सञ्चालन हुने
रेडियो ताप्लेजुङ मंसिर ४ गते ।जिल्लाको मिक्वाखोला गाउँपालिकाले तीनवटा वडामा आलु पकेट कार्यक्रम सञ्चालन गर्ने भएको छ। कोशी प्रदेशको उद्योग, कृषि
..jpeg)
वृद्धाको घाँटीबाट सुनको सिक्री चोरी गर्ने पुरुष ताप्लेजुङ प्रहरीको नियन्त्रणमा
रेडियो ताप्लेजुङ मंसिर ३ गते ।जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले ९० वर्षीया वृद्धाको घाँटीबाट सुनको सिक्री लुछेर चोरी गरेको अभियोगमा एक


..jpeg)
..jpeg)
..jpeg)
..jpeg)

..jpeg)
..jpeg)
प्रतिकृया दिनुहोस